नियम विपरित बर्षौँ करारमा कर्मचारी राखेकोमा माओवादी रामधुनीको विरोध

इटहरी ।बर्षौसम्म करारमा कर्मचारी राखेको भन्दै नेकपा माओवादी केन्द्र रामधुनी नगरकमिटीले नगरपालिकासँग जवाफ माग गरेको छ ।

नेकपा माओवादी केन्द्र रामधुनीका अध्यक्ष बलाराम चौलागाई सहित इन्चार्य दिनेश चौधरी र सचिव रमेश खत्री सहितको टोलीले मंगलबार रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीलाई भेट्दै सार्वजनिक सुचना माग गरेको हो ।

माओवादी केन्द्रले बिभिन्न १५ सार्वजनिक महत्वका बुँदामा नगरपालिकाको जवाफ माग गरेको छ । लोक सेवा आयोगसँग कर्मचारी माग गर्नुपर्नेमा नगरपालिकाले बर्षौँसम्म करारका कर्मचारी राखेको लगायतका बुँदा समावेश गरिएको छ ।

हेरौँ निवेदनमा जस्ताको तस्तै ।

मिति ः २०८०÷१२÷२५ गते ।
श्रीमान कार्यालय प्रमुख ज्यू,
रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,
झुम्का, सुनसरी ।
बिषय ः सार्वजनिक महत्वको सुचना माग गरिएको सम्बन्धमा ।
महोदय,
हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा ९माओवादी केन्द्र० ले सर्वहारा जनताको मुक्ति, न्याय र समानताको लडाइँलाई आफ्नो मुल मुद्धाको रुपमा अगाडि सार्दै आएको कुरा अवगत नै छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहित बनेको संविधान जारी भएपछि स्थानीय तहले एउटा सरकारको रुपमा काम गर्दै आएको छ । हामी स्थानीय सरकारले सर्वहारा–श्रमिक जनताको पक्षमा, सामाजिक न्याय, समानता, स्वतन्त्रता, सुशासन र बिकास निर्माण लगायत बिषयमा जनपक्षीय ढंगले काम गरोस् भन्ने चाहन्छौँ । यी र यस्ता बिषयमा हामी स्थानीय सरकारसँग सहकार्य पनि गर्न चाहन्छौँ । तर रामधुनीमा जनताको अपेक्षा अनुसारको काम हुन नसकिरहेको अनुभूति हाम्रो पार्टीलाई हुने गरेको छ । हामीले नगरपालिकाका गतिबिधि नजिकबाट बुझ्ने मौकासमेत नपाइरहेको स्थिति छ । राज्यका हरेक गतिबिधिको जानकारी लिने हक प्रत्येक नागरिक, संघ–संस्था र राजनीतिक दलहरुलाई छ । तसर्थ, नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटी सुनसरीको अध्यन प्रयोजनाका लागि नेपालको संविधानको धारा २७ मा भएको सुचनाको हकसम्बन्धि व्यवस्था तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ र सुचनाको हक सम्बन्धि नियमावली २०६५ अनुसार निम्न सुचना तथा जानकारीको प्रमाणित प्रतिलिपि कार्यालयबाट १५ दिनभित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।
१। नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा कसकसलाई के–कति आर्थिक सहयोग दिएको छ रु सम्पुर्ण आर्थिक सहयोग लिने व्यक्ति तथा संस्थाको लिष्टसहित आर्थिक सहयोग दिदा अपनाइने मापदण्ड उपलब्ध गराइदिनुहोला ।
२। नगरपालिकाले सुचना प्रविधि अधिकृतको नतिजा प्रकाशन हालसम्म किन गरेर रु परिक्षा स्थगनको सुचनामा उल्लेख भएको प्राबिधिक कारण के हो रु विभिन्न विद्यालयमा शिक्षक नियुक्तिका क्रममासमेत किन बारम्बार परिक्षा स्थगित गरिन्छ रु
३। नगरपालिका र वडा कार्यालयमा संघीय सरकारबाट स्वीकृत दरबन्दी कति हो रु हाल स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारी नगरपालिकामा कति छन् रु सम्पुर्ण कर्मचारीको नाम र पदसहित विवरण उपलब्ध गराइदिनुहोला । साथै, रिक्त पदमा स्थायी प्रकृयाबाट पदपुर्ति गर्नुपर्ने पद र संख्या कुन कुन हो रु लोकसेवा आयोगबाट कुन कुन पदका लागि कर्मचारी माग गरिएको छ र?
४।स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा कार्यालय सहयोगी, माली, सवारी चालक लगायत सीमित पदमा मात्रै करार कर्मचारी राख्न पाउँने व्यवस्था भए पनि नगरपालिकाले किन ऐन विपरीत अन्य सेवामासमेत बर्षौँसम्म करारमा कर्मचारी राखेको हो ?
५।मौद्रिक वा गैरमौद्रिक लाभ ९सवारी साधनसमेत० गरि जनप्रतिनिधि र कर्मचारीलाई नगरपालिकाबाट दिइएको अतिरिक्त सुबिधा भत्ता प्रोत्साहनका शिर्षकहरु केके छन् रु कसकसलाई कस्ता सुबिधा दिइएको छ रु प्रमुख प्रशासकीय अधिकृतले नेपाल सरकारको मापदण्डभन्दा छुट्टै नगरपालिकाबाट निर्णय गराएर मासिक अतिरिक्त रु २५,०००। रकम लिने गरेको भन्ने सुनिन्छ ? त्यो बिषय के हो रु यी सुबिधा लिने कानुनी आधार र मापदण्ड के हुन् ?
६।नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिृकत चढ्दै आएका ३ ओटा गाडीमा यो आर्थिक बर्षमा मर्मतका नाममा कति खर्च भएको छ रु र नगरका सबै सवारीसाधनको मर्मत खर्च कति हो ?
७। चालु आर्थिक बर्षको कुल चालु र पुँजीगत बजेट कति छ रु त्यसमा कार्यपालिका बैठकबाट भएको रकमान्तर कति छ रु कुनकुन शिर्षकमा रकमान्तर भयो रु कार्यपालिकाले बजेर रकमान्तर तथा संसोधन गर्ने कानुनी आधार तथा मापदण्ड केके हुन् ?
८। विविध शिर्षकमा एकमुष्ट रकम राखेर आफुखुसी निर्णय गर्दै ककसका नाममा के प्रयोजनाका लागि कति भुक्तानी गरियो रु नगरसभामा बजेट बण्डा गर्नुको साटो विविध शिर्षकमा पैसा राखेर खर्च गर्ने मापदण्ड केके छन् ?
९।जनप्रतिनिधि तथा कर्मचारीबाहेक ककसका नाममा कति इन्धन वितरण गरिएको छ रु इन्धन वितरणका आधार तथा मापदण्ड के के हुन् रु नगरबाट जम्मा कति मुल्य वरावरको इन्धन वितरण भएको छ ?
१०।चालु आ।ब।को पहिलो ८ महिनामा केकति राजश्व जम्मा भएको छ । वडा तथा नगरले राजश्व बैक खातामा दाखिला गर्न बाँकी कति छ रु नगर्नुपर्ने कारण के हो ?
११। अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ अनुसार नीजि विद्यालयले विद्यार्थीलाई दिनुपर्ने कम्तिमा १० प्रतिशत छात्रवृतिको व्यवस्था छिमेकी पालिका इटहरीमा लागु भए पनि रामधुनीमा किन लागु भएन रु त्यसको कारण के हो ?
१२।नगर प्रमुख तथा उपप्रमुखले स्वकिय सचिवका रुपमा बारम्बार मान्छे नियुक्ति गर्नुको कारण के हो रु नगर प्रमुखको सचिवालयमा काम गर्ने १ जना स्वकिय सचिव हुँदाहुँदै फेरि अर्कोजना र उपप्रमुखकोमा अर्कोजना गरि पटक पटक नियुक्ति दिने कार्य कुन ऐन नियम बम्मोजिम हो रु नियुक्तिको आधार, कारण र ऐन कानुनमा भएको व्यवस्था उपलब्ध गराइदिनुहोला ।
१३। नगरपालिकाभित्रका सार्वजनिक विद्यालयहरुका सम्पन्ति ९जग्गा, भवन लगायत० उचित दरमा प्रतिस्पर्धाको आधारमा भाडामा लाउनुको साटो भाडामै नलाउँने तथा लाए पनि बजार मुल्यभन्दा कममा मनपरी हिसाबले लाउने गरेको पाइन्छ । यो समस्या भासी स्कुल लगायतमा देखिन्छ । यसमा नगरपालिकाको भूमिका के हुन्छ रु यो स्थानीय सरकारको दायित्व हो कि हैन रु
१४। रामधुनी नगरपालिकाले जिन्सी शाखामार्फत सामान खरिद गर्दा स्थानीय बजारलाई प्राथमिकता दिनुको सट्टा रामधुनीभन्दा बाहिरबाट मात्रै बदनियतपूर्ण ढंगले सामान खरिद गर्ने गरेको ब्यापक गुनासो छ । टेन्डर प्रकृयाबाहेक सोझै खरिद गर्न मिल्ने मालसमान खरिद गर्दा स्थानीय ब्यापारीलाई किन प्राथमिकता दिइदैन रु के स्थानीय ब्यापारी कर तिर्ने मात्रै हो रु
१५। शिक्षक सरुवा गर्दा केहि विद्यालय व्यवस्थापन समिति र नगरपालिका ९बिशेष शिक्षा शाखा० लगायतको मिलेमतोमा शिक्षकलाई बाध्य बनाएर ३ देखि ५ लाखसम्म कमिसन माग्ने गरेको सुनिन्छ । त्यो सत्य हो कि हैन रु नगरपालिकाको नेतृत्वलाई यो बिषय जानकारी छ कि छैन ?
माथि उल्लेखित सुचना तथा जानकारीका सम्बन्धमा नेपालको संविधान, प्रचलित कानुन ऐन नियम अनुसार १५ दिनभित्र प्रमाणित प्रतिलिपि उपलब्ध गराइदिनुहुन अनुरोध छ ।
न्यानो अभिवादनसहित १

………………. ………………. ………………..
रमेश खत्री बलाराम चौलागाई दिनेश चौधरी
सचिव अध्यक्ष इन्चार्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.