प्रकाश बन्जारा ।
सन् २०१५ मा रोजगारीको लागि खाडी मुलुकको युएई आएका सप्तरीका पुर्ण बहादुर श्रेष्ठले गत बर्ष ईसेवा मनि ट्रान्सफर मार्फत नेपाल पैसा पठाएको आधारमा काठमाण्डौमा घर जिते । अहिले उनले उक्त घर बार्षिक झण्डै आधा लाखमा भाडामा लगाएका छन् ।

धेरै नेपाली आफ्नै एउटा चिटिक्कको घर, सानो भएपनि नियमित आम्दानी हुने पसल तथा परिवारको माया पाउने भएपछि स्वदेश फर्कन्छन् तर पुर्ण बहादुरले घर पाएर पनि दुवई छाडेनन् । श्रम गरिरहे हुन त उनलाई घर सम्हाल्ने जोडी जुरेको छैन त्यहि भएर पनि उनि जोडी जोड्ने दिनको अर्थात लगनको पर्खाईमा छन् ।
फेरी काठमाण्डौमा जोडिएको उनको घर उनले मेहनत गरेर कमाएको होइन भाग्यले कमाएको हो त्यो पनि बैद्यानिक तरिकाबाट आफ्नो परिश्रमलाई स्वदेशमा पठाउँदा निर्माण भएको भाग्य हो ।
खाडी तथा अन्य देशमा रहेका नेपालीले नेपालमा आफ्नो कमाई पठाउँदा बैद्यानिक तरिका अपनाउन भनेर सरकारले बैँकको व्याजमा एक प्रतिशत आरक्षण दिनुका साथै धितोपत्र बोर्ड मार्फत नेपाल स्टक एक्सचेन्जबाट खुल्ने साधारण सेयरमा समेत दश प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । तर पनि अझै धेरै नेपालीहरु अवैधानिक रेमिट्यान्समा मस्त देखिन्छन् ।
विदेशी मुलुकमा काम गर्ने नेपालीले रेमिट्यान्सको फाइदा नबुझ्दा पनि यस्तो भएको ई सेवा मनि ट्रान्सफर बाट गत बर्ष काठमाण्डौको घर जित्ने पुर्ण बहादुर श्रेष्ठको बुझाई छ ।
बेष्ट सञ्चारसँगको भेटमा पुर्ण बहादुरले आफुले पनि भर्खरै बाट मात्रै बैद्यानिक रेमिट्यान्स गर्दा देशलाई बैदेशिक मुद्रा सन्चितीमा फाइदा पुग्ने झिनो भएपनि राज्यले कर पाउने र आफ्नो रकमको स्रोत खोजि भएको खण्डमा बैद्यानिक रेमिट्यान्स फाइदा जनक हुने कुरा थाहा पाए ।
‘पहिला त एक्सचेन्ज हाउसबाट पैसा पठाउँदा के नै हुन्छ र भन्ने थियो विस्तारै थाहा पाउँदैछु ’पुर्ण बहादुरले हामीलाई सुनाए ।
अचानक घरको विजेता भन्दा कस्तो अनुभव भयो होला हामीले सुन्ने इच्छा जाहेर गर्यौँ । ई सेवा बाट पैसा पठाए घर जित्ने अवसर छ है भन्ने त उनलाई थाहा रहेछ तर अचानक घर जितेको भन्दै आएको फोन पुर्णलाई स्काम जस्तै लागेको रहेछ ।
‘सुरुमा विश्वासै लागेन पनि कम्पनीको पेजबाट फेसबुक लाइभ समेत भएको खवर गरेपछि त्यता हेरेँ अनि विस्वास लाग्यो । तुरुन्त घरमा आमालाई र भाइलाई सुनाएँ ।’ पुर्णले हामीलाई सुनाए ।
‘खाडीमा हुण्डी गर्नेहरु पनि धेरै छन् । उनीहरु फिल्सको हिसाव गर्छन त्यो पनि ठुलो हो सबैको तलव राम्रो पनि हुदैन तर आफ्नो जिम्मेवारी पुरा गर्न बैद्यानिक रेमिट्यान्स गर्नुपर्ने रहेछ ।’ पुर्णले सुनाए ।
ई सेवा मनि ट्रान्सफर ले यो बर्ष पनि विदेशबाट नेपालमा रहेका आफन्तको ई सेवा बालेटमा पैसा पठाउने एक जना भाग्यशाली नेपालीलाई काठमाण्डौमा घर दिने घोषणा गरिसकेको छ ।
घरको पहिलो बिजेता बनेका पुर्ण बहादुर आफ्नो पहिलो रोजाई ईसेवा भएको बताउँछन् । सयुक्त अरब इमिरेट्स युएईमा रहेका लुलु एक्सचेन्ज, अल अन्सारी, अलफर्दान र इमिरेट्स एक्सचेन्जका नजिकै रहेका शाखा तथा तिनीहरुको मोवाइल एपको प्रयोग गरेर नेपालमा रहेका आफन्तको नाममा, बैँक खातामा तथा सिधै ईसेवाको वालेट मा रेमिट्यान्स पठाउन सकिने ईसेवा मनि ट्रान्सफर का लागि युएईका रिलेसनसिप म्यानेजर ईश्वर अधिकारी बताउँछन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का पुर्ण बहादुर अव काठमाण्डौको घर धनी समेत हुन । झण्डै ९ बर्ष पहिले ट्याक्सी ड्राइभरको रुपमा युएई आएका उनि अहिले युएईको राम्रो कम्पनीको जागिरे छन् ।
उमेरले ३५ बर्षको हाराहारी पुगेका उनि जोडी बाँधिने मुडमा रहेछन् । जोडी कसैको पनि सोचेकै समयमा बाँधिँदैन । कथनले भनेजस्तै लगन जुर्नुपर्छ र त्यो लगन पुर्ण बहादुरको जुरेकै छैन । धेरैको चाहाना आफ्नै कमाईको घरमा आफ्नी जिवन संगीनीलाई भित्राउने हुन्छ । घर बनाएपछि जोडि बाँध्ने उनको इच्छा ई सेवाले पुरा गरिदिएको छ ।
बैद्यानिक रुपमा रेमिट्यान्स देशभित्र जाओस् भनेर ईसेवाले यस्तो अभियान चलाएको ईसेवा मनि ट्रान्सफर युएईका रिलेसनसिप म्यानेजर इश्वर अधिकारी सुनाउँछन् ।
राष्ट्रिय स्वार्थ बोकेको कम्पनी ईसेवा मनि ट्रान्सफर भएको बताउँदै अधिकारीले ईसेवासँग राष्ट्रिय भाव भएकै कारण अरु रेमिट्यान्स कम्पनीभन्दा पृथक रहेको बताए ।
ईसेवाले मेरो डिजिटल देश अभियानमा ब्राण्ड एम्बासडरमा कलाकारहरु राजेश हमाल, ब्रान्ड हिरोमा दयाहाङ राई र ब्राण्ड फेसमा स्वस्तिमा खड्कालाई लिएर अभियान चलाइरहेको छ । अभियान आगामी जुलाई महिनाको १५ तारिख सम्म चल्ने ईसेवाले बताएको छ । सो अवधिभर विदेशबाट नेपालमा रहेका आफन्तको ईसेवा वालेट मा रेमिट्यान्स बाँड्ने नेपाली काठमाण्डौमा पाइने घरको लागि भाग्यशाली बन्नसक्ने कम्पनीको भनाई छ ।
छुट्टीने बेलामा हामीले सुन्दर तस्विर कैद गर्ने अपेक्षा राख्यौँ उनले विना शर्त हाम्रो अपेक्षा पुरा गरिदिए । बारम्बार अधिकार खोजिरहने हामीले बैद्यानिक रेमिट्यान्स पठाएर आफ्नो कर्तव्य पुरा गर्नुपर्ने भनाई पुर्ण बहादुरको थियो । नमस्ते रेस्टुरेन्ट देराको मिठो चिया र मो मोसँगै हाम्रो भलाकुसारी टुंगियो ।


