झुम्का । रामधुनी नगरपालिका वडा नम्बर ३ मा रहेको सिंगिया साना किसान कृषि सहकारी संस्थाले आफ्नो १२ औँ बार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ ।
संस्थाको प्रागढमा आयोजित साधारणसभाबाट सेयर सदस्यका लागि प्रस्ताव गरिएको ६ प्रतिशत बोनस सेयर पारित भएको छ ।
महिलामात्रै सदस्य रहेर सञ्चालित सहकारी संस्थाले आर्थिक बर्ष २०७९÷८० मा ४५ लाख ४७ हजार रुपैँया नाफा कमाउन सफल भएको संस्थाकी संचालक अध्यक्ष गिता श्रेष्ठले जानकारी दिइन । संस्थाले विगत बर्ष ५१ लख १५ हजार नाफा कमाएकोमा गत बर्ष भने नाफामा ५ लाख ६८ हजारले गिरावट आएको छ ।
यस्तै संस्थामा गत बर्ष ११ सय ६४ जना सेयर सदस्य रहेकोमा यस बर्ष बढेर १ हजार २७९ जना पुगेका छन् ।साकोसले २४७ वटा समुह मार्फत समुह बचत र सामुहिक जमानीको ऋण लगायतको कारोबार गरिरहेको छ ।
२ करोड ७० लाख ३० हजार शेयर पुँजी रहेको सहकारीको यस बर्ष भाखा नाघेको ऋण भने बढेको छ । संस्थामा भाखा नाघेको ऋण गत बर्ष ५ लाख ४५ हजार रहेकोमा यस बर्ष बढेर २२ लाख १२ हजार पुगेको सहकारीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ ।
भाखा नाघेको ऋण बढेको भएपनि त्यसमा ताकेता भइरहेको र संस्थाको समग्र अवस्था राम्रो रहेको सहकारीका संचालकले बताएका छन् ।
संस्थाको विभिन्न कोषमा २ करोड २७ लाख ६१ हजार ७४८ रुपैँया जम्मा भएको बताएको छ ।
आर्थिक बर्ष २०८० ÷८१ मा संस्थाको सेयर पुँजीलाई वृद्धि गरी ३ करोड ७५ लाख पुर्याउने, दैनिक बचत कार्यलाई थप बलियो बनाउन २० वटा महिला समुहको निर्माण गर्ने लक्ष्य लिएको सञ्चालक समितिले बताएको छ ।
संस्थाकी अध्यक्ष गिता श्रेष्ठको सभापतित्वमा भएको १२ औँ साधारणसभा रामधुनी नगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नम्बर २ का अध्यक्ष रामनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारणसभाको अवसर पारेर संस्थाले बिभिन्न बिधामा सदस्यहरुलाई सम्मान समेत गरेको छ ।
संस्थाले उत्कृष्ट बचत कर्ता विद्यामा व्यक्तिगत तर्फ सुनरी देवी चौधरी, इन्दिरा खड्का र सितावती थरुनीलाई सम्मान गरेको छ भने उत्कृष्ट सेयर हुने सदस्यहरुमा ईश्वरी ढुंगेल, देव कुमारी सुनुवार, शर्मिला थापा, गुजकि चौधरी, रामवती चौधरी, लिला राउत, इश्वरा बस्नेत, ममता चौधरी र लल्कि चौधरीलाई सम्मान गरेको छ ।