झुम्का । ३२ औँ अपांगता दिवसको अवसरमा रामधुनी नगरपालिकामा रहेको अपांगता उत्थान केन्द्रले अपांगता भएका व्यक्तिहरुका लागि बैसाखी तथा सेतो छडी प्रदान गरेको छ ।
३२ औँ अपांगता दिवसको को अवसरमा आइतवार अपाङ्गता उत्थान केन्द्र नगर स्तरीय अपाङ्गता समिति रामधुनीले नगरपालिकाकै प्रागढमा एक कार्यक्रमको आयोजना गर्दै विशेष क्षमता भएका व्यक्तिको आत्म सम्मान गर्नुपर्ने सन्देश समेत प्रवाह गरेको हो ।
कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम लाई “दिगो विकास लक्ष्य प्राप्तीको प्रतिबद्धता अपाङ्गता भएका ब्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यबद्धता” भन्ने मुल नारा सहितको कार्यक्रम आयोजना गरेको आयोजक समिति नगर स्तरीय अपाङ्गता समिति रामधुनीले जनाएको छ ।
रामधुनी नगरका एक सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिमा सहयोगी सामाग्रीको अभाव रहेको भएता पनि नगर र वडाहरुबाट बजेट कम छुट्याउँदा सबैलाई सहायता सामाग्री वितरण गर्न सक्ने अवस्था नरहेको कार्यक्रमका सभापति डिल्ली चौलागाईले बताए ।
अपांगता भएका व्यक्तिहरुलाई पुग्ने सहायता सामाग्री खरिद गर्न ३० लाख रुपैँया सम्म पर्ने भएकाले विस्तारै सकेसम्म सहयोग गर्दै लैजाने र त्यसमा नगरपालिका र सरोकारवाला निकायको समयोग आवश्यक गर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमबाट अपाङ्गता भएका ब्यक्ति बिरुद्ध हुने भेदभाव अन्तयगरी नागरिक, राजनीतिक, आर्थिक, रोजगार, सामाजिक तथा साँस्कृतिक अधिकारको सम्मान, र अपनत्व हुनुपर्ने कुरामा जोड दिइएको थियो ।
कार्यक्रममा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले नगरका अपाङ्गता भएका ब्यक्तिको लागि नीति, योजनाहरु बनाएको बताइन भने नगरबाट स्वास्थ्य विमा, सहयोगी सामाग्री बितरण लगायतका नगरपालिकाबाट अपाङ्गता भएका ब्यक्तिको हरेक क्षेत्रका लागि सहयोग गर्न तयार रहेको समेत सुनाइन ।
नगर स्तरीय अपाङ्गता समितिको अध्यक्ष डिल्ली चौलागाईको सभापतित्वमा आयोजित कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिको कलाहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथी तथा वक्ताहरुले अपाङ्गता भएका व्यक्तिमा उद्यमशील बनाई स्वरोजगार बनाउन अति आवश्यक रहेको जोड दिए । शिक्षा शाखा राजन गेलाल, कार्यपालिका सदस्य सुशिला ढुंगाना, वडा अध्यक्ष घनश्याम चौधरी, सुरेन्द्र सिंह, लगायतले आफनो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा महिला बालबालिका शाखाका प्रमुख मोनाश्री आचार्यले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम संचालन नगर सचिव गोविन्द विष्टले गरेका थिए भने सांकेतिक भाषाबाट बुझाउन कार्यक्रममा आशिष काफ्लेले सांकेतिक भाषा प्रयोग गरेका थिए ।