इटहरी । ईसेवा मनि ट्रान्सफर कम्पनीले आयोजना गरेको ईसेवा युएई स्टार प्रतियोगीताको उपाधि कलाकार इन्द्र सेन्चुरीले हात पारेका छन् ।
गत सेप्टेम्बर महिनाको १८ तारिख देखि १५ जुलाई सम्म युएईमा रहेका कलाकारलाई लक्षित गरेर ईसेवाले चलाएको ईसेवा युएई स्टार प्रतियोगितामा आफ्नो कला प्रस्तुत गरेका सेन्चुरी लाई ईसेवाको पुरस्कार हात परेको हो ।
सेन्चुरीले प्रस्तुत गरेको भिडियो सामाजिक सञ्जालमा ४६ हजार भन्दा बढीले हेरेका छन् । सेन्चुरी ईसेवा युएई स्टारको प्रतियोगी नम्बर १७ थिए ।
यस्तै प्रतियोगिताको द्धितीय स्थान प्रतियोगी नम्बर ६ का समराज मगरले पाएका छन् । मगरले प्रस्तुत गरेको भिडियो सामाजिक संजालमा ३० हजारले हेरेका छन् ।
बैधानिक रेमिट्यान्सको वकालत गरिरहेको इसेवाले विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउने मध्ये एक जनालाई काठमाण्डौमा घर दिने घोषणा गरेको छ ।
मेरो डिजिटल देश नामक अभियान सञ्चालन गरेको इसेवाले गत बर्ष समेत काठमाण्डौमा एक जना लाई घर उपहार दिएको थियो ।
इसेवाले बैद्यानिक रेमिट्यान्सलाई सहज बनाउन ईसेवा मोवाइल वालेट मार्फत समेत सहज कारोबार गर्न सकिने भन्दै युएईमा बजार प्रवद्र्धन गरिरहेको युएईका लागि रिलेसनसिप म्यानेजर ईश्वर अधिकारी बताउँछन् ।