इटहरी । बराहाक्षेत्र नगरपालिका वडा नम्बर २ मा मुख्य कार्यलय रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औँ बार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ ।
संस्थाको इतिहासमै पहिलो पटक इकाई गत रुपमा साधारणसभा आयोजना गरेको चतरा सामुदायिक ले शनिवार आफ्नो अन्तिम साधारणसभा मुख्य कार्यलय अन्तर्गतका सदस्यलाई लक्षित गर्दैै बराहा क्षेत्रको औलिया बाबा मन्दिरको प्रागढमा सम्पन्न गरेको हो ।

सदस्यहरुको उल्लेख्य उपस्थितिका बिच आयोजित साधारणसभाले गत आर्थिक बर्षमा संचालक समितिले गरेको कामको अनुमोदन गर्दै आगामी बर्षको योजना समेत स्वीकृत गरेको छ ।
संस्थाले आर्थिक बर्ष २०७९÷८० मा १ अर्व ६ लाख ९२ हजार १ सय ५५ रुपैँया बचत संकलन गरेको थियो भने ५९ करोड ५० लाख ९९ हजार ९८६ रुपैंया कर्जा लगानी गरेको थियो भने १ करोड ७७ लाख ७८ हजार ९७९ रुपैँया संचालन मुनाफा कमाउन सफल भएको छ ।
संस्थाकी अध्यक्ष सिता पौडेल भण्डारीको सभापतित्वमा भएको साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बराहाक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले गरेको थिए ।

साधारणसभामा संस्थाको प्रगती विवरण प्रस्तुत गर्दै अध्यक्ष सिता पौडेल भण्डारीले चतरा सामुदायिक सहकारीले सदस्यको मृत्यु राहतका कार्यक्रम आगामी बर्ष समेत जारी राख्ने प्रस्ताव राखेकी थिइन भने संस्थाले सञ्चालन गरेको गाई र्फामबाट गत वर्षमात्रै ८ लाख २३ हजार ५०० रुपैँया बराबरको बाच्छा बाच्छी बिक्रि गरेको बताइन ।
संस्थाले सञ्चालन गरेको गाई फार्मबाट न्युनतम दैनिक ७ सय लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ भने फार्मको स्थायित्वका लागि दुध बिक्रि कम भएमा पाउडर बनाएर बिक्रि गर्ने । व्यावसायी फर्मबाट बार्षिक सम्झौता गरेरमात्रै दुध खरिद गर्ने जस्ता प्रस्ताव समेत पारित गरीएको छ ।
संस्थाले उत्कृष्ट बचत कारोबार, उत्कृष्ट ऋण कारोबार तथा धेरै दुध बिक्रि गर्ने र रेमिट्यान्स कारोबार गर्ने सदस्यलाई समेत प्रशंसा पत्रबाट सम्मान गरेको छ ।
संस्थाका उपाध्यक्ष दिपक कार्कीले सञ्चालन गरेको कार्यक्रमलाई संस्थाकी कोषाध्यक्ष टेक माया पाण्डेले स्वागत गरेकी थिइन ।

