किसान कल्याणको २२ औँ बार्षिक साधारणसभा सम्पन्न, सदस्यलाई एघार प्रतिशत बोनस शेयर पारित

प्रकाश बन्जारा ।

इटहरी । इटहरी १६ बालग्रामका मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२ औँ बार्षिक साधारणसभाबाट सदस्यका लागि एघार प्रतिशत बोनस सेयर पारित गरेको छ ।

बिभिन्न सेवा केन्द्रमा छुट्टा छुट्टै गरिएको इकाईगत साधारणसभाबाट सदस्यका लागि आर्थिक बर्ष २०७९ ८०को नाफाबाट ११ प्रतिशत बोनस सेयर पारित गरिएको हो । असोज १९ गतेदेखि शुरु भएको संस्थाको इकाइगत साधारणसभा बिहिबार बालग्राम सेवा केन्द्र अन्तर्गत लायन्स क्लवको सभाहलमा अन्तिम रुप दिइएको छ ।

साधारणसभामा माइन्युट प्रमाणिकरणका लागि छनौट भएका सदस्यहरुबाट प्रमाणित गरी कार्तिक २ गते अन्तिम माइन्युट प्रमाणिकरण गरी साधारणसभा औपचारिक रुपमा समापन हुने साकोसले बताएको छ ।

किसान कल्याणले आर्थिक बर्ष २०८० को भदौ मसान्तसम्म २१ हजार ६७५ जना सदस्य छन् भने संस्थासँग १२ करोड ९१ लाख ९७ हजार ८ सय सेयर रकम रहेको छ ।

संस्थाको इकाइगत साधारणसभाको अवसरमा सात वटै सेवा केन्द्रका साधारणसभाहरुमा प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले संस्थाले गरेका कामको विवरण प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिले समेत आफ्नो विवरण प्रस्तुत गरेको थियो । संस्थाका सदस्यहरुको भेलाले आगामी ४ बर्षका लागि १५ सदस्यीय निर्विरोध निर्वाचित भएको संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको समेत अनुमोदन गरेका छन् ।

कार्तिक २ गते गरिने कार्यक्रमका विच नयाँ सञ्चालकहरुको शपथग्रहण कार्यक्रम रहने संस्थाले बताएको छ । साधारणसभाले वर्तमान अध्यक्ष शालिकराम ढकालकै नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

1 Comment

  • Bonus दियेर बोनसको होडबाजी लाएर संस्था टाट पल्टाउन उद्दत हुनु राम्रो होइन। तत्कालिन जबरजस्ती भए नभएको पैसा खोलतलपताल गरेर तत्कालिन धेरै बोनस दिने तर्फ होडबाजिमा लाग्नुभन्दा भन्दा पनि दिर्घकालिन रुपले बलियो के कसरी हुन सकिन्छ त्यसतर्फ लक्षित भएर दिगो बोनस दिने तर्फ लक्ष्यित हुनु पर्छ।
    सहकारी संस्था टाट पल्टिनुमा अल्पकालिन बढी बोनस केन्दृत कृयाकलाप एक प्रमुख हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.