किसान कल्याणको तेस्रो इकाइगत साधारणसभा चतरामा सम्पन्न, सोमबार इटहरी र पुर्वी गैसार सेवा केन्द्र केन्द्रित हुने

इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको इकाइ गत साधारणसभा अन्तर्गत आइतबार चतरा सेवा केन्द्रको साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शालिकराम ढकालको सभापतित्वमा चतरा स्थित औलिया बावाको सभाहलमा सम्पन्न साधारणसभामा चतरा सेवा केन्द्र अन्तर्गतका संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो ।

संस्थाको इकाइ गत २२ औँ साधारण सभा अन्तर्गत शनिवार सुन्दर सेवा केन्द्र तरहरामा सम्पन्न भएको थियो भने सोमबार इटहरी सेवा केन्द्र र पुर्वी गैसार सेवा केन्द्र लक्षित गरेर इटहरीको नेपा भवनको सभाहलमा सम्पन्न हुने भएको छ ।

संस्थाको यस साधारणसभाबाट १५ जना सञ्चालक समिति र ३ जना लेखा सुपरिवेक्षण समिति चयन हुने साकोसका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले जानकारी दिएका छन् । संस्थाको कार्यलय बाहेक सात वटा सेवा केन्द्रबाट सेवा दिइरहेको सहकारीको साधारणसभा २५ गतेसम्म निरन्तर चल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.