इटहरी । झुम्का जेसिजले यहि भदौ २९ गतेदेखि सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ ।
हरेक बर्ष गर्ने जेसिज सप्ताह अन्तर्गत तीजको दर खाने कार्यक्रम देखि लिएर मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुँदै वक्तृत्वकला प्रतियोगिता सम्मको आयोजना गर्न लागेको हो ।
प्रकाशित कार्यतालिका अनुसार भदौ २९ गते सुरु हुने सप्ताह को कार्यक्रम असोज ६ गते समापन हुने छ । पहिलो कार्यक्रम समुद्घाटन तथा तीजको दर खाने कार्यक्रम भदौ २९ गते, मल्टि च्याप्टर टेनिग भदौ ३० गते, झुम्का बजारमा ट्राफिक सचेतनात्मक कार्यक्रम भदौ ३१ गते ,तीज तथा जितिया बिशेष कार्यक्रम झुम्का बजारमा असोज १ गते गर्न लागिएको झुम्का जेसिसकी अध्यक्ष कमला कार्की थापाले बताएकी छन् ।
यसैगरी सप्ताह अन्तर्गतको कार्यक्रममा इटहरीको पाथिभरा फुटबलमा मैत्रीपूर्ण फुटसल असोज ३ गते, रामधुनी १ को कार्यलयमा बित्तीय साक्षरता तालिम असोज ५ गते आयोजना हुनेछन् भने सप्ताह को समापन तथा माध्यमिक तहको वक्तृत्वकला प्रतियोगिता असोज ६ गते आरम्भ विद्या मन्दिर झुम्कामा गर्न लागिएको झुम्का जेसिसले बताएको छ ।