कुशेऔंसीमा किसान कल्याणद्वारा ६६ जना ज्येष्ठ पिताहरू सम्मानित

इटहरी । इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले कुशेऔंशीको अवसरमा ६६ जना ज्येष्ठ पिताहरूलाई सम्मान गरेको छ ।

बिहिबार संस्थाको इटहरी १६ बालग्राम स्थित सभाहलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै संस्थाले संस्थाको सामाजिक तथा सामुदायिक कार्यक्रम अन्तर्गत ज्येष्ठ पिताहरूलाई सम्मान गरेको हो ।

संस्थाको सदस्यका एकाघरमा रहेका ७० बर्ष वा सो भन्दा माथि उमेर भएका बुवा, हजुरबुवा, ससुरा बुवा र हजुरबुवा ससुराहरूलाई सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले जानकारी दिएका छन् ।

संस्थाका संचालक उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका संचालक शिव कुमार डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिको रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष प्रल्हाद दाहाल, प्रदेश संसाद रोहितकुमार कार्की साथै संस्थाका सल्लाहकार, संचालक र कर्मचारीहरुको उपस्थिति रहेको थियो

संस्थाले हरेक वर्ष कुशे औंसी को अवसरमा ज्येष्ठ पिताहरूलाई र मातातीर्थ औशीको अवसरमा ज्येष्ठ माताहरूलाई सम्मान गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.