चाडपर्व लक्षित गरेर अर्को सुचना नआएसम्म झुम्का बजार आइतबार बन्द नहुने

झुम्का । झुम्का उद्योग वाणिज्य संघले आगामी भदौ ३१ गते आइतबारदेखि साप्ताहिक रुपमा १ दिन बन्द गर्दै आएको बजार बन्द नगर्ने भएको छ ।

चाडपर्वको समय नजिकिएको ले किनमेलमा आउने सर्वसाधारणलाई सुविधा होस भन्ने हेतुले हप्ताको १ दिन बजार बन्द गर्ने सिस्टम तत्कालका लागि हटाइएको झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नविन चौधरीले बताएका छन् ।

्‘साप्ताहिक रुपमा बन्द हुँदै आएको रामधुनी नगरपालिकाको झुम्का बजार आउँदै गरेको बिभिन्न चाडपर्वलाई लक्षित गरी यहि मिति २०८० भदौ ३१ गते आइतबारका दिन देखि अर्को सुचना प्रकाशित नभएसम्म सम्पुर्ण व्यापार व्यावसाय खुल्ला रहने जानकारी गराउँदछौँ ।’ अध्यक्ष नविन चोधरीद्धारा हस्ताक्षर गरिएको सार्वजनिक सूचनामा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.