बसले ठक्कर दिँदा उर्लाबारीमा पैदलयात्रीको मृत्यु

इटहरी । यात्रुबसको ठक्करबाट मोरङको उर्लाबारीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिइ घाइते बनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनमा ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । उनको पहिचान खुल्न बाँकी छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार गम्भीर घाइते अवस्थामा उपराचार्थ अस्पताल पु¥याइएपछि मृत्यु भएको थियो । उनको शव मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएका छ ।

बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.