इटहरी अस्पतालबाट साउनमा १३ लाख ७५ हजार बराबर निशुल्क डेंगीको उपचार,भदौमा मात्रै ६७३ जनाको निशुल्क परिक्षण

प्रकाश बन्जारा ।
इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेबमोजिम साउन महिनामा मात्रै १३ लाख ७५ हजार रुपैँया बराबरको डेंगीको उपचार निशुल्क गरेको छ ।

नगरबासी र आसपासको क्षेत्रका बिरामीलाई डेंगीको निशुल्क उपचार गर्ने नीति बमोजिम साउन महिनामा १ हजार २ सय ६६ जनाको डेंगी परिक्षण गर्दा ३५५ जनामा डेंगी पोजेटिभ देखिएको थियो ।

अस्पतालले डेंगी परीक्षणलाई निशुल्क र उपचार समेत निशुल्क दिने भएपछि ठुलो मात्रामा ज्वरो आउनेहरु परिक्षणका लागि आएको र साउन महिना भरमा १ हजार २६६ जनाको परिक्षण गरिएको इटहरी अस्पतालले बताएको छ ।

साउन महिनाको तथ्यांक अनुसार जाँच गरिएकोमा २८ प्रतिशतमा डेंगी संक्रमण देखिएको इटहरी अस्पतालका प्रशासन प्रमुख दामोदर गौतमले बेष्ट सञ्चारलाई जानकारी दिए ।

भदौ महिनामा ३२५ जना पुरुष र ३४८ जना महिला गरी ६७३ जनाको डेंगी परिक्षण गरिएकोमा ४५९ जनामा पोजेटिभ देखिएको हस्पिटलले बताएको छ ।

डेंगी संक्रमित लाई सामान्यतया ८ सय रुपैँया बराबरको डेंगी जाँच, ४२० रुपैँया बराबरको सिविसि जाँच, प्रतिदिन २ सय रुपैँया बराबरको बेड चार्ज र औषधि खर्च सहित सरदर दैनिक २५ सय रूपैँयाको खर्च आउने तर नगर कार्यपालिकाको निर्णय बमोजिम सबै छुट गरिएको इटहरी हस्पिटलले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.