सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

भदौ २८ गते बिहीबार नेम्वाङको अन्त्येष्टि गरिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा आधा झन्डा निर्णय भएको जनाएको छ ।

एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले संविधान निर्माण र गणतन्त्र स्थापनामा खेलेको भूमिकाको कदर गर्दै यस्तो निर्णय गरिएको गृहले जनाएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पनि नेम्वाङको अन्त्येष्टि हुने सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गएराति निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.