कोशी प्रदेशका ५६१ सहकारीलाई प्रदेश सहकारी रजिष्टारको विवरण बुझाउन ताकेता,बेवास्ता गरे खारेजीमा जान सक्ने

प्रकाश बन्जारा । कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यलय इनरुवा सुनसरीले प्रदेशमा रहेका ५६१ वटा सहकारी संस्थाको नाम सार्वजनिक गर्दै मासिक, त्रैमासिक तथा बार्षिक विवरण नियामक निकायमा बुझाउन आग्रह गरेको छ ।

२ बर्षदेखि निस्कृय रहँदै कुनै पनि विवरण नबुझाएका सहकारीलाई खारेजीका लागि सम्पर्क गर्न आग्रह गरेको रजिष्ट्रारको कार्यालयले ५६१ वटा सहकारी संस्थाको नाम सार्वजनिक गर्दै वित्तिय विवरणहरु तत्काल बुझाउन भनेको हो ।

कोशी प्रदेशका १४ वटै जिल्लामा रहेका र निरन्तर वित्तिय विवरण नबुझाउने सहकारी संस्थाको नाम विवरणमा उल्लेख गरिएको छ ।
सहकारी ऐन २०७४ अनुसार सहकारी संस्थाले बार्षिक लेखा परिक्षण प्रतिवेदन र साधारण सभाको विवरण नियामक निकायमा तोकिएको समयमा बुझाउनु पर्नेमा नबुझाएका सहकारीको नाम प्रकाशित गरेको हो ।

तोकिएको समयभित्र बुझाउनु पर्ने विवरण जरिवाना सहित तोकेको समय पछि पनि बुझाउनु पर्नेमा त्यो पनि नभएको भन्दै अव प्रदेश सहकारी ऐन २०७६ को दफा ८८ को उपदफा २ बमोजिमको कारवाही तथा उपदफा ७३ बमोजिम खारेज भै जाने भन्दै सचेत गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.