प्रकाश बन्जारा ।
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको जनकल्याणकारि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४ औं बार्षिक साधारणसभा आगामी असोज २० गते गर्ने भएको छ ।
२०५५ सालमा दर्ता भएर बहुउद्देश्यीय सहकारीको रुपमा कारोबार गरिरहेको जनकल्याणकारिणी आफ्नो २४ औँ साधारणसभा इटहरीकै दुर्गा पार्टी प्यालेसमा गर्न लागेको बताएको छ ।
साधारण सभामा संस्था एकीकरणको प्रस्तावलाई एजेण्डाको रुपमा प्रस्तुत गर्न लागेको संचालक अध्यक्ष जगत नाथ फुयालले बेष्ट सञ्चारलाई बताए ।
इटहरी उपमहानगरको नियमन रहेको सहकारी संस्थाले आफ्नै प्रकृतिको राम्रो संस्थाको प्रस्ताव आएमा एकिकरण गरेर अघि बढ्न सकिने भन्दै एकीकरणको प्रस्ताव साधारणसभामा लैजान लागेको बताएको छ ।
साविक इटहरी नगरपालिका र हाँसपोसा कार्यक्षेत्र रहेको जनकल्याणकारि बजारको अवस्था सहज नभएपनि अहिले आफुहरु केहि भएपनि लाभांश बाँड्ने अवस्थामा रहेको अध्यक्ष जगत फुयाँल सुनाउँछन् ।
संस्थामा ८ सय २ जना सदस्य रहेको र समग्र अवस्था अनुसार सदस्य र संस्थाको वासलात बढ्दो क्रममा रहेको संस्थाकी व्यवस्थापक मिन्जु आचार्य बताउँछिन् ।
२ करोड २२ लाख ९९ हजार ४ सय रुपैँया सेयर पुँजी रहेको सा कोसले आर्थिक बर्ष २०७९÷८० मा २ करोड ९४ लाख ६१ हजार ८९९ रुपैँया बचत संकलन गर्दै ४ करोड ७४ लाख ९७ हजार ७५ रुपैँया ऋण लगानी गरेको संस्थाकी व्यवस्थापक आचार्यले बेष्ट सञ्चारलाई बताइन ।