पकली स्वास्थ्य चौकीमा झण्डै एक बर्षमा ४१ काम गर्दै बिदा भए धमला अव एकम्बा स्वास्थ्य चौकी सम्हाल्ने

इटहरी । इटहरी अस्पतालबाट पकली स्वास्थ्य चौकी प्रमुखको जिम्मेबारी सम्हाल्दै सरुवा भएका राम कुमार धमला इटहरीकै एकम्बामा सरुवा भएका छन् ।

इटहरी १७ स्थित पकली स्वास्थ्य चौकी प्रमुखको रुपमा ३५३ दिन बसेका धमलाले उल्लेख्य सुधारका काम गरेका थिए भने स्वास्थ्य चौकीको नीति कार्यक्रम, बजेट र यसको व्यवस्थापनमा राम्रो परिवर्तन ल्याएका थिए ।

आफ्नो कार्यकालमा पकली स्वास्थ्य चौकीमा ४१ वटा सुधारको कार्य प्रगति गरेको धमला बताउँछन् ।एउटा स्वास्थ्य चौकीमा हरेक स्वास्थ्य कार्यलयमा हुनुपर्ने सुचना अधिकारी, गुनासो सुन्ने अधिकारी साथै चार्ट र डेटा सहित हेरौँ हेरौँ बा वसौँ बसौँ लाग्ने व्यवस्थापन पकली स्वास्थ्य चौकीमा उपलव्ध गराएका धमला अवको सुधारको थालनी एकम्वा स्वाथ्य चौकीमा लगाउने तयारीमा छन् ।

आर्थिक बर्ष २०७९ ८० मा १२हजार ३८९ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको साथै स्वास्थ्य चौकीमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत गरिएको धमलाले बताए ।

आफ्नो कार्यकालमा कुपोषित बच्चाहरुलाई बिशेष उपचार गरिएको जसमा ३८ जना ५ वर्ष मुनिका बालबालिकाहरुले सेवा पाएको धमलाले बेष्ट सञ्चारलाई सुनाए ।

गत आर्थिक बर्षमा पकली स्वाथ्य चौकीबाट २५२ जना गर्भवतीको भिडियो एक्सरे , २५२ जना गर्भवती परिक्षण , ८४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण , १५४ जना सुत्केरीको घरमा नै गएर पिएनसि चेकअप, ९३ जना सुत्केरीलाई मातृशिशु पोषण खर्च वितरण गरिएको थियो भने नगर स्वास्थ विकास कार्यक्रम , महिला स्वास्थ्य स्वयंसेविका सुदृढीकरण कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.