प्रकाश बन्जारा ।
इटहरी । इटहरी उद्योग वाणिज्य संघले महिला उद्यमी हरुले उत्पादन गरेका सामाग्रीलाई प्रवद्र्धन गर्ने उदेश्यले भदौ १५ गतेदेखि १७ गतेसम्म आयोजना गर्ने महिला उद्यमशिलता प्रर्दशनीमा स्टल भाडा तिर्न नपर्ने भएको छ ।
धेरै जसो मेला तथा महोत्सवहरूमा भारी मात्रामा स्टल भाडा तिनुपर्ने गुनासो रहेको बेला इटहरी उद्योग वाणिज्य संघले भने सामान्य रजिष्ट्रेसन शुल्कमात्र लिएर स्टल दिन लागेको हो ।
कोशी प्रदेशका १४ वटै जिल्लाबाट महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु प्रदर्शनीमा ल्याउनका लागि सबै उद्योग वाणिज्य संघसँग परिपत्र भएको र त्यसका लागि भव्य तयारी गरिरहेको इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले बताएका छन् ।
महिला उद्यमशिलता प्रदर्शनीमा महिलाहरुले उत्पादन गरेका कपडा, घरेलु उत्पादन साथै स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पर्यटनसँग सम्बन्धि स्टलहरु समेत रहने अध्यक्ष पराजुलीले बेष्ट सञ्चारलाई बताए ।
७५ वटा स्टल रहने उद्यमशिलता प्रदर्शनीमा इटहरी भरीका टोल विकास संस्था र महिला समुह हरुलाई तीज विशेष नाच गान गर्न समेत उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
इटहरीको लायन्स क्लवको सभाहलमा आयोजना हुने ३ दिने प्रदर्शनीको समापन कार्यक्रममा झापामा बसोबास गर्ने सन्थाल जातिको सांस्कृतिक प्रदर्शनी रहने अध्यक्ष पराजुलीले बताएका छन् । कस्तो हुने छ उद्यमशिलता प्रदर्शनी अध्यक्ष पराजुलीसँग गरिएको कुराकानी हेर्नुहोस्