हाफपाइन्ट किन्छु भनेर हिडेका उर्लाबारीका पुर्ब शिक्षक मृत फेला

इटहरी । सोमबार हाफपाइन्ट किन्छु भनेर हिडेका पुर्ब शिक्षक बुधबार मृत फेला परेका छन ।

मोरङको उर्लाबारीको जङ्गलमा मृत फेला परेका उर्लाबारी निवासी पूर्वशिक्षक गङ्गाबहादुर पौडेल भएको बताइएको छ । बुधबार दिउँसो उर्लाबारी-३ मङ्गलबारेस्थित सालबारी सामुदयिक वनमा उनी मृत फेला परेका हुन् ।

गत भदौ ४ गते सोमबार दिउँसो हाफपाइन्ट किन्छु भनेर घरबाट निस्किएका पौडेल साँझसम्म नफर्किएपछि परिवारले उनको खोजी थालेको थियो ।

बुधबार दिउँसो जङ्गलमा घाँसदाउरा गर्न गएकी एक महिलाले मृत सरिर देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले उनलाई मृत फेला पारेको थियो ।

मृतक पौडेल फेला परेको स्थानबाट प्रहरीले मेटाकोल ५० लेखिएको विषको बट्टा फेला पार्नुका साथै शव भएको वरिपरि एक सय, पाँच र २० रुपैयाँका नोटहरु समेत छरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि उर्लाबारी-३ स्थित मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।

मृतक पौडेलकी श्रीमती मायादेवीका अनुसार श्रीमानले सङ्खुवासभाको आँखीभुईमा ३६ वर्ष अध्यापनपछि अवकास प्राप्त गरेका थिए ।

मृतक पौडेलले २०७९ फागुनमा अवकास प्राप्त गरेको परिवारले जनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.