झुम्का । साई हस्पिटल झुम्काको सहयोगमा भएको अंगदान सम्बन्धि निबन्ध प्रतियोगीतामा रामधुनी ५ को लर्डबुद्ध इन्टरनेशनल स्कुलकी छात्रा प्राञ्जली सापकोटाको निबन्ध उत्कृष्ट घोषित भएको छ ।
मंगलबार आयोजना गरीएको समाचार लेखन सम्बन्धि एक दिने कार्यशालामा विद्यार्थीहरुले खोज मुलक ढंगबाट निबन्ध सहित सहभागि भएका थिए । सहभागि २९ जना विद्यार्थी मध्ये प्रायले सहभागिता जनाएको निबन्ध प्रतियोगितामा साई हस्पिटल रामधुनी १ का सुचना अधिकारी तथा अभियान्ता डिल्लीराम भण्डारीले जिम्मा लिएको निर्णायकीले प्राञ्जली निबन्धलाई प्रथम घोषित गरेको हो भने द्धितीयमा नमुना सामुदायिक विद्यालयकी कक्षा ९ की छात्रा श्रष्टा आचार्य घोषित भएकी छन् भने तृतीयमा रामधुनी ३ को सरस्वती अंग्रेजी बोर्डिङ स्कुलकी छात्रा श्रद्धा रिजालको निवन्ध घोषित भएको छ ।
सान्तवतामा माउन्ट समिटकी खुसी ढकाल, रामधुनी अंग्रेजी माविका मसिना कार्कीको निबन्ध घोषित भएको साई हस्पिटल प्रालिका सुचना अधिकारी एंव निर्णायक को भुमिका खेलेका डिल्लीराम भण्डारीले बताए ।
उत्कृष्ट घोषित भएका निबन्ध बेष्ट सञ्चारमा प्रकाशित गरिने भएको छ भने विजेतालाई बिहिबार एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार प्रदान गरिने साई हस्पिटलले बताएको छ ।