मंगलबारको बालग्राम दुर्घटनामा घाइतेको विराट नर्सिंगहोममा उपचार हुँदै, २ जना गम्भिर घाइते

इटहरी । मंगलबार पुर्व पश्चिम राजमार्गको बालग्राम नजिकै भएको दुर्घटनामा परेका २ जना गम्भिर घाइते भएको र उनिहरुको उपचार बिराटनगर स्थित नर्सिंगहोम होममा भइरहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यलय पकलीले दिएको जानकारी अनुसार दुर्घटनाको कारण भने प्रष्ट भएको छैन तथापि तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।

मंगलबार बिहान भएको दुर्घटनामा र मोटरसाइकल आपसमा ठोक्किएका थिए । घटनामा दुई जना गम्भीर घाइते भएका थिए भने थप दुई जना सामान्य घाइते भएका थिए ।

दुर्घटनाबाट कारमा समेत क्षती पुगेको थियो । दुर्घटनासँगै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च ९१०५ नं। को कारमा ३–००५ प ४६७७ नं। को मोटरसाइकल ठोक्किएर सोहि दिशाबाट आउँदै गरेको प्र १–०२–०४५ प ५०५६ नं। को मोटरसाइकलमा समेत ठोक्किएको थियो ।

दुर्घटनामा ठोक्किने पहिलो मोटरसाइकलका चालक सुनसरी भोकराहा १ का २८ वर्षिय लिलम लिम्बु र पछाडी बस्ने २६ वर्षका लक्ष्य लिम्बु गम्भीर घाइते भएका थिए भने अर्को मोटरसाइकलका चालक इटहरी ४ बस्ने ४८ वर्षिय चेतनाथ भट्टराई र पछाडी बस्ने ४८ वर्षिय कृष्ण ढकाल सामान्य घाइते भएका थिए ।
दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.