इटहरी । आर्थिक एन मार्फत इटहरी उपमहानगरले
हालै वृद्धि गरिएको करको विषयमा उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिकासँग छलफल गर्ने भएको छ ।
संघका विभिन्न वस्तुगत संगठन र नागरिक समाज इटहरीका प्रतिनिधिहरुको भेलाले यस्तो निर्णय गरेको हो ।
नागरिक तहबाट व्यापक जनगुनासो आएपछि संघले सो विषयमा समन्वयकारी भुमिका अघि बढाउन लागेको संघका अध्यक्ष जिबन पराजुलीले बताएका छन ।
छलफलका क्रममा बोल्ने वक्ताहरुले करको वृद्धि वास्तमै धेरै भएको भन्दै पुनर्विचार गर्न उपमहानगरपालिकासँग अनुरोध गर्नुपर्ने बताएका थिए ।
निर्णयअनुसार उपमहानगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइनेछ ।
इटहरी उपमहानगरपालिकाले सम्पत्ती कर साढे तीन सय गुणासम्म बढाएपछि नगरवासीहरुले विरोध जनाएका छन् ।

