६ महिना देखि १५ बर्षका बालबालिकालाई दादुराको खोप लगाइँदै , रामधुनीमा साउन २२ देखि २६ सम्म खोप अभियान

प्रकाश बन्जरा ।

झुम्का । दादुरा मुक्त देश घोषणा गर्ने अभियान सहित नेपाल सरकारले चालु गरेको दादुरा र रुवेला विरुद्धको खोप अभियान रामधुनी नगरपालिकामा साउन २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनमा हुने उक्त खोप अभियानको पालिका स्तरिय अभिमु्खिकरणको आयोजना गर्दै सोमबार दिइएको जानकारी अनुसार रामधुनीका १४ हजार ५९७ जनाले दादुरा विरुद्धको खोप हान्नेछन् ।

६ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई लगाइने उक्त रोप ४ दिन विद्यालयमा र बाँकि स्वास्थ्य संस्थामा लगाइने रामधुनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले बताए ।

खोपको बारेमा जनचेतना जगाउने उदेश्यले अव हरेक वडामा अभिमुखीकरण गर्ने र तालिम प्राप्त स्वास्थ्य कमीबाट खोप अभियान सन्चालन गर्ने पालिकाको तयारी छ ।

देशभर ९ जिल्लाका ११ वटा पालिकामा एकैसाथ सन्चालन हुन लागेको उक्त खोपका लागी रामधुनीका ९ वटै वडाले १८ गते वडा स्तरिय अभिमुखीकरण आयोजना गर्ने भएका छन् । वडा तथा पालिका तहमा कार्यपालिका सदस्य तथा जनप्रतिनिधि मार्फत सबै नगरबासी सूचनाको पहुँच पुर्याएर कम्तीमा ९५ प्रतिशतलाई खोप कार्यक्रममा सहभागि गराउने सरकारको योजना रहेको जिल्ला जनस्वास्थ्य कार्यलय इनरुवाकी राधिका दाहालले बताइन ।

रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीको सभापतित्वमा भएको अभिमुखीकरणमा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सदस्य रविन घिमिरे, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन रामधुनीका अध्यक्ष अच्युत ढकाल तथा कार्यपालिका सदस्य साथै स्वास्थ्य कर्मी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.