व्यानर र जुलुसबाट डेंगु नस्ट नहुने निस्कर्ष, रामधुनीले मच्छरको औषधी नछर्ने

प्रकाश बन्जारा ।
इटहरी । रामधुनी नगरपालिकाले डेंगुको महामारीमा मच्छरको औषधी नछिट्ने भएको छ । सफा पानीमा बस्ने एडिस जातको मच्छरबाट सर्ने रोग डेंगुको नियन्त्रण फगिङका कारण नहुने निस्कर्ष निकाल्दै रामधुनी नगरपालिकाले यस पाला भने खोज र नस्ट गर अभियान अन्तर्गत मच्छरको खण्ड र लार्भा नस्ट गर्ने अभियान चलाउने भएको हो ।

सचेतनाको नाममा जुलुस ब्यानरले डेंगु नस्ट हुँदैन सबै वडामा वडा अध्यक्षको नेतृत्वमा समिति बनाउने र टोल विकासको सहयोगमा लार्भा खोज्ने र नस्ट गर्ने काम गर्नुपर्छ ।’ बिहिबार रामधुनी नगरपालिकामा डंगी नियन्त्रणका लागि सरोकारवालासँग गरिएको अन्तरक्रियाको निस्कर्ष थियो ।

जिल्ला जनस्वास्थ्य कार्यलय इनरुवाका प्रमुख सागर प्रसाईले ७० प्रतिशत डेंगुको लार्भा ग्यारेज तथा मोटरसाइकलका टायरहरूमा बस्ने भएकाले त्यसतर्फ खोज्ने र नष्ट गर्न सके ७० प्रतिशत रोकथाम हुन सक्ने बताए । मच्छर बिरुद्धको औषधि छिट्ने काम पछिल्लो समयमा प्रभावकारी नदेखिएको भन्दै प्रसाईले डेंगु नियन्त्रणको लागि सर्च एण्ड डिस्ट्रोय अभियान नै गर्नुपर्ने बताएका थिए ।

अन्तरक्रियामा भनाई राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका रामधुनी संयोजक डिल्ली गुरागाईंले ग्रामिण भेगका जनताको लागि सचेतना कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै बजार एसियाको सर्च एण्ड डिस्ट्रोय अभियान उद्योग वाणिज्य संघका साथै पार्टी पंक्तिबाट हुने भएकाले जोडिएर आउन सबैलाई आव्हान गरे ।

अर्को सामाजिक अभियान्ता पुष्प कार्कीले डेंगुको महामारी नियन्त्रण नगरपालिका एउटैको भन्दा पनि सबैको जिम्मेवारी भएकाले पाटी पंक्तिले राजनीति मात्रै नगर्न र सामाजिक काममा समेत लाग्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य रामभरोषि रौनियार, वडा नम्बर ९ का अध्यक्ष घनश्याम चौधरी, वडा नम्बर ८ का अध्यक्ष केशव गौतम, योगेन्द्र खड्का लगायतले आफ्नो भनाई राखेका थिए ।
रामधुनी नगरपालिका स्वास्थ्य शाखाको संयोजनमा भएको कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले रामधुनी नगरपालिकाले झुम्का आधारभुत अस्पतालमा डेंगुको आशंका लागेका बिरामीलाई निशुल्क परिक्षणको व्यवस्था गरिएको बताए ।

सभाको सभापतित्व गरीरहेको नगरप्रमुख शंकरलाल चौधरीले आफुलाई फगिङ नगरेको भन्दै चौतर्फी दवाव आइरहेको बताउँदै मच्छरको औषधि छिट्दा भन्दा लार्भा खोजेर नस्ट गर्दा फाइदा हुने भन्दै जनचेतना जगाइदिन सबैलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.