लम्पी स्किनले रामधुनी गौशालामा एउटा गाई मर्यो, पन्ध भन्दा बढी बिरामी

रामधुनी । गाईमा महामारीको रुपमा देखा परेको लम्पी स्किनबाट रामधुनी मन्दिरको गौशालामा बिहिबार एउटा गाई मरेको छ ।

१०० भन्दा बढी गाई रहेको रामधुनी गौशालामा १५ भन्दा बढी गाईमा छालामा छिर्का मर्का जस्ता फोका निक्लेको र ती मध्ये ३ वटा जति गाई गम्भिर अवस्थामा रहेको रामधुनी बनसखण्डि बाबा गुठि व्यावस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताएका छन् ।


गौशालाका पशुमा महामारीको अवस्था आएपनि स्थानीय सरकारले नहेरेको कार्कीको गुनासो छ ।जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र देखि लिएर नगरको पशुसेवा शाखालाई बारम्बार भन्दा पनि गौशालाका गाईमा लागेको रोगको बारेमा कोहि सिरियस नभएको कार्कीले आरोप लगाएका छन् ।

करिव १५ देखि २० दिन देखि गाईको छालामा रोग देखिएको र आफुले बारम्बार आएर हेरिदिन भनेपछि पशुसेवा शाखाका कर्मचारी कहिले व्यस्त हुने तथा आएपनि यथेष्ट सहयोग गर्न नसकेको बताएका छन् । नगरमा जनप्रतिनिधि भने यस सम्बन्धमा सिरियस नभएको कार्कीको गुनासो छ ।

नगरपालिकाले पहिलेकै अवस्थामा भ्याक्सिन हानेर कन्टोल गर्न भनेको भए । आज महामारीको अवस्था नआउने कार्कीको दावी छ ।
यता रामधुनी नगरपालिका पशुसेवा शाखाका भेटेनरी प्राविधिक दुर्गा प्रसाद पराजुलीले भने आफु पशुमा रोग आएको भन्ने सुचना आएपछि आज सम्म ३ पटक गौशाला पुगिसकेको बताएका छन् ।


उनले भनेको समयमा पशु गौशालामा नहुने, बारम्बार फोन गर्दा पनि पशुको हेरचाह गर्ने व्यक्तिले फोन नबुझ्ने कारणले समस्या भएको बताए । बिहिबार मृत्यु भएको भनिएको गाई लम्पी स्किन कै कारण भएको पराजुलीले पुष्टि गरेका छन् । वेष्ट सञ्चारसँगको कुराकानीमा पराजुलीले शुक्रबार आफु टोली सहित भाडा तिरेर भ्याक्सिन का लागि रामधुनी जंगल पुगेको बताए ।

उनले लम्पी स्किनले महामारीको रुप लिँदै गएको भन्दै आफुहरुले सकेसम्म र उपलव्ध भएसम्म भ्याक्सिन दिइरहेको दावी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.