इटहरी । एसईई पछिको कम्प्युटर साइन्स र व्यवस्थापन रोज्ने विद्यार्थीले झुम्काको युनिक एकेडेमीमा आकर्षण देख्न थालेका छन् ।
कोरोनाकालदेखि झण्डै २ वर्ष गोल्डेन ब्रिजको ब्यानरबाट कक्षा ११ र १२ पढाएको युनिक एकेडेमीले अघिल्लो सालबाट गोल्डेन ब्रिजको ब्यानरलाई निरन्तरता दिँदै युनिक एकेडेमीकै भवनबाट कक्षा सञ्चालन गरीरहेको छ ।
भौतिक पूर्वाधार आफ्नै भएकाले युनिक एकेडेमीकै भवनबाट कक्षा ११ र १२ मा व्यवस्थापन र कम्प्युटर साइन्सको गुणस्तरीय कक्षा सञ्चालन हुने एकेडेमीले बताएको छ । यसो त पछिल्लो समय प्लस टु अध्ययनका लागि विद्यालय भ्रमण गर्ने विद्यार्थीको समेत चाप देखिएको एकेडेमीले बताएको छ ।
लगौना मोडमा २ बर्ष कक्षा ११ र १२ पढाएको भएपनि पर्याप्त संरचना र खेल मैदान नहुँदा भनेजति विद्यार्थी भर्ना लिन पाएको थिएन । गत सालबाट आफ्नै युनिक एकेडमीबाट कक्षा सञ्चालन हुने भएकाले गुणस्तरीय शिक्षा र, पढाइसँगै स्पोर्टस र मनोरञ्जनसमेत प्रदान गर्ने हुँदा विद्यार्थीहरु आकर्षित भएको एकेडेमीको भनाई छ ।
२०६६ ÷०६७ मा सम्बन्धन पाएर उच्च शिक्षा अर्थात् कक्षा ११ र १२ को पढाइ सञ्चालन गरिरहेको युनिक एकेडेमीले सुलभ शैक्षिक शुल्कमा रामधुनी नगरक्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाको लागि अन्यन्त्र जान नपर्ने गरी शिक्षा प्रदान गर्ने विद्यालयका कोअर्डिनेटर राम चौधरी बताउँछन् ।
त्यसो त युनिकले पढाएका विद्यार्थीहरुले कुनै कालमा पूर्वाञ्चल प्रथम बन्न सफल जीविता दाहालजस्ता विद्यार्थीसमेत उत्पादन गरेको थियो । २०७५ सालको कक्षा १२ तर्फको परीक्षामा एकेडमीमै अध्ययन गरेकी छात्रा जीविता दाहालले प्रदेश १ भरिमै प्रथम स्थान हासिल गरेकी थिइन् । त्यतिबेला जीविकाले ३.७० जीपीए अंक प्राप्त गरेकी थिइन भने उच्च अंक ल्याएर विद्यालयलाई चिनाएकी जीविका अहिले पनि जनता बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै स्नातक अध्ययन गरिरहेको युनिक एकेडेमीका प्रबन्ध निर्देशक राकेश राय बताउँछन् ।
युनिकमा अहिले बास्केटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टनजस्ता खेलका गतिविधिहरु सञ्चालन भइरहेका छन् भने फुटबलको गतिविधि आफ्नो ग्राउण्ड नभएका कारण बेलाबेलामा मात्र सञ्चालन गर्ने गरेको र क्रिकेटका लागि निरन्तर खेल गतिविधि सञ्चालन गर्न आफूहरुले योजना बनाइरहेको प्रिन्सिपल उमेश थापाले जानकारी दिए । युनिकले कलालय इटहरीका सोनु जयन्तीको सहयोगमा नाट्य कलाको कक्षासमेत सञ्चालन गर्ने गरेको छ ।
लगातारको राम्रो तथा स्तरीय शैक्षिक रेकर्ड, खेलकुदका गतिविधि, समयसमयमा हुने विभिन्न प्रकारका प्रतियोगिताका साथै खेल मैदान सहितको भौतिक पूर्वाधारले युनिकलाई ‘युनिक’ प्रकारको शैक्षिक संस्थाको रुपमा विकास गरेको प्रिन्सिपल थापा सुनाउँछन् । अब विद्यार्थीले युनिक नै किन रोज्ने त भन्ने हाम्रो प्रश्नमा प्रबन्ध निर्देशक राकेश राय फ्रेण्ड्ली इभ्यारोमेन्ट अर्थात् साथित्वको भावनासहित पढाइ हुने, कम्प्युटर ल्याब तथा लाइब्रेरी सहितको विद्यालय पनि युनिक हो भन्ने जवाफ दिन्छन् ।
अघिल्लो वर्ष अन्तर्राष्ट्रिय विद्यालयहरूसँगको समन्वयमा शैक्षिक गतिविधिहरु सञ्चालन गरेर ब्रिटिश काउन्सिलको इन्टरनेसनल अवार्ड प्राप्त गरेको युनिक एकेडेमी विद्यार्थीको लोकप्रियता सुचीमा रहेको बताइन्छ ।
त्यसो त युनिकले उत्पादन गरेका जनशक्तिहरू सरोज घिमिरे, रोशन खतिवडा, डिल्ली हरिजन, समीक्षा खतिवडामध्ये कोही डाक्टर बनिसकेको छन् भने कोही एमबीबीएस सक्ने चरणमा रहेछन् । यसैगरी, मनिष निरौला, सुजन भट्टराईलगायत संयुक्त राज्य अमेरिकामा इन्जिनियरिङ्ग को अध्ययन गरिरहेका रहेछन् ।
आफूहरुले प्लस टु मा विज्ञान संकाय थप गर्ने विषयमा सोचिरहेको र निकट भविष्यमा स्नातकको शिक्षासमेत यहीँबाट दिलाउने समेत छलफलको विषय बनिरहेको प्रबन्ध निर्देशक रायले बेष्ट सञ्चारसँग बताए ।
इटहरीका विभिन्न कलेजमा अध्यापन गरिरहेका र उत्कृष्ट नतिजा निकालिरहेका प्राध्यापकहरूसमेत आफ्नो टिममा रहेकाले शैक्षिक गुणस्तरमा शंकाको वातावरण नहुने युनिकको दाबी थियो । विद्यालयप्रति चासो हुने अभिभावकले तथा विद्यार्थीले एक पटक अवश्य विद्यालयको भ्रमण गर्न र यहाँको शैक्षिक तथा भौतिक गतिविधिको अवलोकन गरेर आफ्नो नानीबाबुको भविष्यप्रति निर्णय लिन युनिकको आग्रह छ ।