निरन्तर बर्षाका कारण आज इटहरीका विद्यालय बन्द

इटहरी । निरन्तर बर्षा भएर जनजिवन प्रभावित भएको भन्दै इटहरी उपमहानरले आज एक दिन इटहरी क्षेत्रका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

नगरशिक्षा महाशाखाकौ बिहिबार विहानै बसेको बैठकले आज एक दिनका लागि नगरभरीका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बर्षाका कारण धेरै वडाहरु जलमग्न भएको र विद्यालय अध्ययन गर्ने विद्यार्थीहरुमा त्रास बढेकाले उनिहरुको मनोवैज्ञानिक रुपमा असर नपरोस् र कुनै अप्रिय घटनामा हुन नदिनका लागि यस्तो निर्णय गरेको नगरप्रमुख हेमकर्ण पौडेले बताएका छन् ।

बुधबार बसेको विपत व्यावस्थापन समितिको बैठकले सबै वडाका वडाअध्यक्ष सहितको हटलाइन नम्बर नगरभरी सार्वजनिक गरेको थियो । लामो समयदेखि डुवानको समस्या भोगिरहेको इटहरीलाई अप्रिय घटनाबाट जोगाउन आफुहरु सजग रहेको मेयर हेमकर्ण पौडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.