एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी, कसरी हेर्न सकिन्छ नतिजा

इटहरी । । राष्ट्रिय परीक्षा बोर्ड गत चैतमहिनामा सन्चालन भएको एसइइ परिक्षाको प्रतिफल प्रकाशनको अन्तिम तयारीमा रहेको पाइएको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै नतिजा सार्वजानिकको पनि अन्तिम तयारी गरेको हो।

बुधबार एक सुचना जारी गर्दै बोर्डले एसइईको नतिजा हेर्न सक्ने विकल्पहरुकोबारेमा जानकारी गराएको छ । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।

एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो। परीक्षामा देशभरका दुई हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए। जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए।

कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए। परीक्षा नियन्त्रणका कार्यालयले जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.