दुहवीमा पनि छ लेन सडक बन्ने

दुहवी । आन्तरिक विवाद तथा सरकारी सम्झौतका कारण बाँकि रहेको सुनसरिको दुहबी नगरपालीका अन्तर्गत बुढिखोला पुलदेखि ढाकाल चौक सम्म र डाँगा चौक देखि उत्तर राजमार्ग सम्मको सडक समेत छ लेन बन्ने भएको छ।

जोगबनि किमथाँका सडक डिभिजन कार्यलयले टेन्डर निकाले पनि अर्थ मन्त्रालय र पुर्वाधार बिचको अपमनन्ज्यस्यताको कारण बन्न नसकेको उक्त सडक दुहवीका नगरप्रमुख बेद प्रसाद गच्छादारको अग्रसरतामा बन्ने भएको हो ।

गत जेठ १ गतेको मन्त्रीस्तरिय निर्णयले उक्त सडक खन्ड निर्माणका लागी रोक लगाए पछि दुहबी नगर प्रमुख बेद गच्छादारले पटक पटक समन्धित मन्त्रालय र सचिवालय सग छलफल परामर्श गरी सडक बन्ने अवस्थामा पुर्याएको नगरप्रमुखका प्रेस सल्लाहाकार अर्जुन खड्काले बताएका छन् ।

नगरप्रमुख गच्छादारले आफ्नो पहलमा बिल्ड अप क्षेत्र बाहेकको सडक बिस्तार अनिवार्य सर्त भएको भन्दै ताकेता गरेपछि क्रमागत बिकाश परियोजना अन्गर्गत बुधबारमात्रै २७ करोडको पहिलो निर्माण सहमती लिएका छन्।

जम्मा ४७ करोड लागतमा बन्ने उक्त सडक खन्ड बन्न नदिन बिभिन्न शक्ति चलमलाएको भएपनि अन्तत सडक बन्ने पक्का भएको बताइएको छ । नगर प्रमुख गच्छादारले दुहबिको सडक बिस्तार नभए सम्म समग्र दुहबीबासिको बिकास कुहिरोको काग जस्तै हुने छ भन्दै बिल्ड अप क्षेत्र भित्रका संरचना मध्ये नगर पालेकाको स्वामित्वमा रएको जग्गामा बनेका घर टहरा हटाइ सकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.