इटहरी । मंगलबार इटहरी चोकमा भएको दुर्घटनाबाट घाइते भएकी अंशु चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।
म्ांगलबार दिउँसो भएको दुर्घटनामा गम्भिर घाइते भएकी अंशुलाई उपचारको लागि विराटनगर स्थित न्युरो हस्पिटलमा लगिएकोमा उपचारको क्रममा उनको समेत निधन भएको हो ।
स्कुटरमा सवार आमा सरिता चौधरीको घटना स्थलमै मृत्यु भएको थियो । इटहरी ८ गैसारकी सरिता र अंशु खनार जान लाग्दा दुर्घटना भएको परिवारले बताएको छ । अंशु विविएस प्रथम बर्ष अध्ययनरत छात्रा हुन भने आमा सरिता इटहरी ३ बौका झोडा माइती भई इटहरी ८ गैसार घर भएकी ३९ बर्षिया हुन ।
दुर्घटनापछि आक्रोसित इटहरी बासीले टिपरमा आक्रमण गरेका थिए भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । टिपरले गाडी व्याक गरेर सरितालाई मारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको निश्पक्ष छानविन गर्न प्रहरीलाई सर्वत्र दवाव परेको छ ।