इटहरी । धरान र इटहरी उपमहानगरपालिका बिच सिमा विवाद चर्किएपछि जिल्ला समन्वय समितिले भोली मंगलबार दुवै टोलीलाई बोलाएर समाधानको पहल थाल्ने भएको छ ।
सोमबार विहान दोस्रो पटक धरान उपमहानगरको नगर प्रहरी सहितको टोलीले तरहराको पानीपियामा राखेको सिमा बोर्ड इटहरीको जनप्रतिनिधी सहितको टोलीले हटाएपछि सिमा विवाद उत्कर्षमा पुगेको हो । आफ्नो सिमाना पानीपियाबाटै सुरु हुने धरानको दावी छ भने इटहरीले जंगल एरिया आफ्नो भएको दावी गर्दै आएको छ ।
सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीको सीमा विवाद पुनः चर्किएको छ । सोमबार धरानका मेयर हर्कराज राईले तरहरा नजिकै पानीपियामा बोर्ड राखेपछि विवाद बल्झिएको हो ।
बारम्बार दुई उपमहानगरपालिका बिच विवाद बढ्दै गएपछि जिल्ला समन्वय समितिले ध्यान दिएको हो । दुई पालिकाका प्रमुख तथा प्रतिनिधि सँग कानुन र प्रमाण सहित छलफल गर्ने तयारी समन्वय समितिको छ ।
समिति सभापति राजन मेहताले दुवै पालिकालाई मङ्गलवार छलफलको लागी बोलाउने बताएका छन् । बिहान समन्वय समितिको बैठक बस्ने र दिउँसो नापी तथा मालपोतका अधिकारी सहित अनुगमन गरिने जिल्ला समन्वय समितिको तयारी छ ।
छलफल र वार्ता मार्फत समस्या समाधान इटहरीले पहिले पनि पत्र पठाएपनि धरानका मेयर हर्क साम्पागं भने सिमा पानीपिया नै भएको दावी गर्दै आएका छन् ।