झुम्का । खेलकुदमा बजेट कम विनियोजन भएको गुनासो आएपछि रामधुनी ५ का वडाध्यक्ष भोला बास्तोलाले आफ्नो २ महिनाको तलव बराबरको पैसा खेलकुदका लागि दिने घोषणा गरेका छन् ।
रामधुनी नगरपालिकाको सोमबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वडामा खेलकुदको बजेट कम भएको भन्ने गुनासो आएपछि बास्तोलाले आफ्नो २ महिनाको तलव वडाको खेलकुदका लागि दिने घोषणा गरेका हुन ।
वडामा पहिले ५० हजार बजेट खेलकुदका लागि छुट्टिने गरेकोमा यसपाली ७० हजार बनाइएको जानकारी दिँदै बास्तोलाले रामधुनीको नाम खेलक्षेत्रमा राख्न आफ्नो तलव नै खर्च गर्ने बताएका हुन ।
चलु आर्थिक बर्षको अन्तिम सार्वजनिक सुनुवाईमा सोमबार वडा नम्बर ५ का भोला तिम्सिनाले क्रिकेट खेल मैदान नभएको गुनासो गर्न नगरपालिकामा बारम्बार धाउँदा समेत सुनुवाई नभएको गुनासो राखेका थिए । मेयर उपमेयरलाई राखिएको उक्त गुनासो कार्यक्रमको अन्तिम सम्म पनि सम्बोधन नभएको तिम्सिनाको गुनासो थियो ।