रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर १ मा रहेको माउन्ट समिट वल्ड स्कुलको समिट बाल क्लवले गुरु पूर्णिमाको अवसरमा आफ्ना गुरुहरुलाई सम्मान गरेको छ ।
विद्यालयका विद्यार्थीहरुले आफ्नै सक्रियतामा विगत ३ बर्षदेखि गुरु पूर्णिमाको दिन गुरुहरूको सम्मान गर्ने गरेको विद्यालयको प्रबन्ध निर्देशक अच्युत ढकाल बताउँछन् ।
विद्यार्थीहरुले गुरुहरुलाई मिठाई खुवाउँदै शुभ गुरु पूर्णिमा लेखिएको उपहार शिक्षक तथा गुरु वर्गलाई प्रदान गरेका थिए ।
कार्यक्रमको रोचक पक्ष त यस्तो थियो कि अन्य कार्यक्रममा विद्यार्थीलाई शिक्षकहरुले अविर लगाउने चलन हुन्छ तर त्यहाँ भने विद्यार्थीहरु आफ्ना गुरुलाई अविर लगाएर सम्मान गर्दै थिए ।
गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम आफुहरुले निरन्तरता दिनका लागि गुरु पूर्णिमामा यस्तो आयोजना गरिएको समिट क्लवमा अध्यक्ष इम्हन सुवेदीले बताए । कार्यक्रम माउन्ट समिटकै छात्रा समिक्षा तिम्सिनाले सन्चालन गरेकी थिइन ।
माउन्ट समिट वल्ड स्कुलका स्कुल क्याप्टेन सवल सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै विद्यालयका प्रध्यानाध्यापक भोज बिक्रम कार्कीले गुरुहरूको सम्मानमा गरिने कार्यक्रम समेत सिकाईको एउटा माध्यम रहेको भन्दै विद्यार्थीप्रति धन्यवाद प्रकट गरे ।
यसैबीच माउन्ट समिटले विद्यालयमा सेवा गर्दै आएका ४ जना शिक्षिकाहरुलाई मायाको चिनो सहित सम्मान गरेको थियो भने विद्यार्थीहरुलाई समेत कलम प्रदान गरेको थियो ।