रामधुनी । नेवा देय दवु रामधुनी नगर समितिको तेह्रो साधारणसभा तथा छैठौँ नगर अधिवेशन शनिवार रामधुनी १ को आफ्नै भवनमा सम्पन्न भएको छ ।
संस्थाका नगर अध्यक्ष केदार कुमार बजिमय श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाको प्रमुख अतिथी सिताराम मेहता थिए भने विशेष अतिथिमा रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी, नेवा देय दवु का केन्द्रिय उपाध्यक्ष अनिल मास्के, जिल्ला अध्यक्ष बसन्त कुमार श्रेष्ठ तथा प्रदेश कमिटीका उपाध्यक्ष नारायण प्रसाद श्रेष्ठ रहेका थिए ।
सोहि अधिवेशनका अवसरमा संस्थाले निर्माण गरेको सामुदायिक भवनको समेत समुद्घाटन गरिएको थियो । १० धुर जग्गामा निर्माण भएको सामुदायिक भवन केदार कुमार बजिमयको कार्यसमितिले सम्पन्न गरेको थियो ।
नगर अधिवेशनले चन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा कमला श्रेष्ठ, उपाध्यक्षमा राम श्रेष्ठ, महिला उपाध्यक्षमा ज्ञान्दी श्रेष्ठ, सचिवमा डिल्ली नारायण श्रेष्ठ, महिला सचिवमा विष्णुमाया श्रेष्ठ, कोषाध्यक्षमा कर्ण बहादुर श्रेष्ठ चयन भएका छन् ।
संस्थाको सदस्यहरुमा केदार प्रसाद श्रेष्ठ, गोपाल रञ्जितकार, श्यामा श्रेष्ठ, रविन श्रेष्ठ, निरोज श्रेष्ठ र भिम माया श्रेष्ठ चयन भएको संस्थाका निवर्तमान अध्यक्ष केदार कुमार बजिमयले बेष्टसन्चारलाई जानकारी दिए ।