इटहरी । गत स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेललाई जिताउन भुमिका खेल्ने कवि मनु मन्जिल राष्टिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
शनिवार इटहरी जेसिसले आयोजना गरेको कार्यक्रममा सहमागिता जनाउन आएका रास्वपाका केन्द्रिय सदस्य हरी ढकालले मन्जिललाई पार्टीमा स्वागत गरेका हुन । गत स्थानीय निर्वाचनमा इटहरी काँग्रेस सहित गठबन्धनको घोषणापत्र लेखन समिति संयोजक मनु मञ्जिल नेपाली कांग्रेसका प्रभावशाली व्यक्तिको रुपमा थिए ।
परिवर्तनको पक्षमा जनता रहेको तर पुराना पार्टीले जनताको भावना बुझ्न नसकेको कारण रास्वपा प्रवेश गरेको मन्जिलको प्रतिक्रिया छ ।इटहरीका बौद्धिक व्यक्तित्वको रूपमा परिचित मनु मञ्जिल राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने कवि हुन । इटहरी तथा पुर्वका साहित्यिक कार्यक्रममा मन्जिलको बलियो उपस्थिती हुने गरेको छ ।