इटहरी । मोवाइल देखाउँदै बच्चालाई खाना ख्वाउने पछिल्लो प्रचलनले बच्चाको सर्वार्गिण विकासमा असर पर्ने गरेको भन्दै त्यसमा सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
सामान्यता अभिभावकहरु अत्यधिक मोवाइल चलाउने हुँदा बच्चाले पनि मोवाइलमा लत बसाउने गरेको पाइन्छ । “बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्दै जान्छ ” डाक्टर भन्छन् ।
मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक बिउझने समस्या देखिन सक्छ।
आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मोवाइल हेर्दै खाने बानी हुँदा बच्चाले कस्ता खाना आफुले खाइरहको छु भन्ने ज्ञान नभई खाने हुँदा त्ययबाट बच्चामा पोषण सम्बन्धि समस्या हुने डाक्टरहरु बताउँछन् । खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग बोलेर खेलेर डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदै खुवाउनु पर्ने सुझाव छ ।
मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिदै जान सक्छ। साथै रिसाउने, रुने दोहोरो कुरा नगर्ने हुन सक्दछन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छन्।
सुत्नु भन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल बाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।
मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्याउँछ ।