रामधुनी । रामधुनी नगरपालिकाले ६८ करोड २१ लाख रुपैँया बराबरको बजेट ल्याएको छ ।
आर्थिक बर्ष २०८० ०८१ को बजेट वक्तव्य पढ्दै नगरकी उपप्रमुख तारा थापाले आगामी आर्थिक बर्षका नगरपालिका, वडा समिति र विषयगत समितिहरुको निमित्त ६८ करोड २१ लाखको बजेट प्रस्तुत गरेकी हुन ।
बजेट निर्माण समितिकी संयोजकले प्रस्तुत गरेको बजेटमा नगरसभा सदस्य वडा नम्बर १का वडा सदस्य, जिवन श्रेष्ठ र वडा नम्बर १ का सदस्य राम भरोस रौनियारले बजेट माथि आफ्नो धारणा राखेका थिए भने वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम चौधरीले बजेटमा आफुहरुको सहमति नभई कार्यपालिकाबाट पेलेर अगाडी बढाइएको बताएका छन् ।
बजेट प्रस्तुत भएपश्चात बोल्न खोजेका चौधरीलाई नगरप्रमुख एंव सभा अध्यक्ष शंकरलाल चौधरीले वडा अध्यक्ष कायृपालिका सदस्य तथा सभाको आयोजक रहेकाले आज बोल्न नमिल्ने भन्दै बस्न आग्रह गरेका थिए ।
वडा नम्बर १ का वडाअध्यक्ष महेश कमार चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष शिवशंकर राजधामी र वडा नम्बर ९ का वडाअध्यक्ष घनश्याम चौधरीले कार्यपालिका वैठकमा असहमति राखेको र नोट अफ डिसेन्ट लेख्ने बताएपनि हालसम्म कार्यपालिकाको निर्णय नै लेखि नसकिएको भन्दै एकतर्फि रुपमा नगरसभा अगाडी बढाएको आरोप लगाएका छन् ।
वडा नम्बर ९ का वडा अध्यक्ष चौधरीले आइतबार बसेको कार्यपालिका बैठकमै आफुहरुले नोट अफ डिसेन्ट लेखेको र कार्यपालिका बैठकको निर्णय नै माइन्यूट नभइसकेको अवस्थामा नगरसभाको आयोजना गर्न लागिएको बताएका छन् ।

