चार लाख घुससहित इञ्जिनियर र लेखापालअख्यिारको फन्दामा

इटहरी ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिई गएको टोलीले चार लाख घुस रकमसहित तीनजना कर्मचारीलाई पक्राउ गरेको हो ।

झापाको दमक स्थित ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइमा कार्यरत आयोजना व्यवस्थापक सहित तीन जना कर्मचारी पक्राउ परेका हुन्। आयोगका अनुसार आयोगको टंगाल र इटहरीस्थित कार्यालयबाट गएको संयुक्त टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइकाआयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनीयर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई कार्यालय परिसरबाटै घुस सहित पक्राउ गरेको हो।

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानी गर्न सहजीकरण गरिदिए बापत उनीहरूले निर्माण व्यवसायीबाट घूस लिएका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.