सुनसरी । सुदुरपश्चिम प्रदेशको प्रदेशको बझाङमा भएको दुर्घटनामा त्यहाँका कानुन मन्त्री सहित तीन जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका मन्त्री पृथ्वी बहादुर सिंहको उपचारको क्रममा मृत्यु भएको हो भने मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु घटनास्थलमै मृत्यु भएको थियो । बझाङको केदारस्युँ गाउँपालिकामा सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारी गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको प्रहरीले ज नाएको छ ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो । गाडी कालङगा नदीको किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।