पाँचथरमा बाढीले बगाएर पाँच जना बेपत्ता, संखुवासभामा एकको मृत्यु १६ वेपत्ता

इटहरी । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ५ जना बेपता भएका छन । हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित ५ जना बेपत्ता भएको प्रहरीले बताएको छ ।

बाढीले अहिले सम्म ५ जना बेपता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल भत्काएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरएवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाको छ ।

याङवरक गाउँपालिका ३ र २ मा केहि घ। बगाएको छ भने केहि घरमा क्षती पुगेको प्रहरीले जनाएको छ । यसैगरी संखुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो ।

थुनिएको खोला एक्कासी खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको हुनसक्ने प्रहरीले जनाएको छ । बाढीले चैनपुर ४ मा निर्माणाधिन सुपर हेँवा हाइड्रोमा क्षति पुर्र्याको छ । उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्क बिहीन भएकाहरुको अवस्था अज्ञात छ ।

काम गर्ने १९ मजदुरमध्ये ३ जना भने सम्पर्कमा आएका छन् । ‘उनीहरुले आफूहरुलाई पनि बगाउन लागेको थियो । साथीहरुलाई के भयो थाहा भएन भनेका छन्, हामी खोजी गरिरहेका छौं,’ संखुवासभा प्रहरी प्रमुख विरेन्द्र गोद्धारले भने ।

सुपर हाइड्रो बाढीका कारण क्षतिग्रस्त भएको उनले बताए । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.