खेल पर्यटनको कोशेढुंगा ओखलढुंगामा मुख्यमन्त्री कप फुटवल : तयारी पुरा, भोली देखि ९ गतेसम्म चल्ने

इटहरी ।कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुन लागेको कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिता खेल पर्यटनको लागि कोशेढुंगा सावित हुने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताएका छन् ।

पहिलो पटक पूर्वी पहाडी जिल्ला ओखलढुंगामा हुन लागेको प्रतियोगिता तयारीबारे आइतबार ओखलढुंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै वाग्लेले खेलको सम्पुर्ण तयारी पुरा भएको समेत बताएका छन् ।

३० वर्षपछि ओखलढुंगामा प्रदेशस्तरीय प्रतियोगिता हुँन लागेकोमा स्थानीयबासि र खेलप्रेमी सबै उत्साहित भएको सदस्य सचिव वाग्लेले बताए । खेलाडी तथा अफिसियललाई स्वागत गर्न खेलमैदान रहेको सिद्धिचरण नगरपालिकामा बजार क्षेत्रभरि स्वागत ब्यानर टाँगेका छन् भने जनप्रतिनिधि, तथा स्थानीय खुसि देखिएका छन् ।

असार ४ गतेदेखि हुने प्रतियोगिताका लागि मैदान सम्याउने कामसमेत सकिएको छ साथै रंगशालाको अन्य काम सकिएको बताइएको छ ।
प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहने बताइएको छ ।प्रतियोगितामा खेलाडी, अफिसियल तथा निर्णायक गरेर ३०० जनाको सहभागिता रहने बताइएको छ भने प्रतियोगितामा ३० लाख रुपैयाँ भन्दा माथि खर्च हुने आंकलन गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ ।प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.