इटहरी । बर्षा शुरु भएसँगै ताप्लेजुगं पाँचथर लगायतका क्षेत्रका बाढीले वितण्डा शुरु गरेको छ । बाढि पछि आएको पहिरोमा परी ताप्लेजुङमा एकै घरका तीन जना जना सहित ४ जना बेपता भएका छन । सिदिङ्वा गाउँपालिका वडा न ६ मेहेलेमा एकै घरका तीन जना र अर्का एकजना बेपत्ता भएका हुन् । मेहेलेको भालुुखोपमा गएको पहिरोमा परी स्थानीय यादव बुढाक्षेत्रीको श्रीमती भगिमाया बुडाक्षेत्री, बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएको बताइएको छ ।

भालुखोपकै पहिरोमा परी स्थानीय गणेश तामाङ बेपत्ता भएका छन् । बेपताहरुको खोजी तथा उद्धारका लागि जनशक्ति परिचालन गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन । उनले अविरल बर्ष भएका कारण उद्धार कार्यमा समस्या भएको बताएकी छिन ।

मेची राजमार्ग अन्र्तगत पाँथरको हेवाखोलामा रहेको मोटरेवल पूल बगाउँदा ताप्लेजुङ जिल्लाको तराईका जिल्लासँगको सडक सम्पर्क अवरुद्ध भएको ताप्लेजुङका प्रहरी प्रमुख९डिएसपी० राजन लिम्बूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.