आज ज्योती मगरले रामधुनी तताउने

इटहरी । रामधुनी नगरपालिकाको झुम्कामा जारी प्रथम रामधुनी महोत्सवमा आज कलाकार ज्योती मगर आउने भएकी छन् । गत जेष्ठ १९ गतेदेखि चालु महोत्सवमा शनिवार गायीका अनु चौधरीको प्रस्तुती रहेको थियो ।

साँझ ९ बजेदेखि १० बजेसम्म गायिका तथा मोडल ज्योती मगरको प्रस्तुति रहने आयोजक रामधुनी युवा क्लवले जनाएको छ । महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन र बच्चाका विभिन्न खेलहरू समेत राखिएका छन् ।

युवा नेतृत्व विकास, रामधुनी नगरको साँस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन, नगरको व्यवसायिक प्रवद्र्धन, रामधुनी मन्दिरको धार्मिक प्रवद्र्धन गर्न उद्देश्का साथ जेष्ठ १९ गते देखि सुरु भएको महोत्सव असार ५ गतेसम्म सञ्चालन रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.