रामधुनीमा वडा स्तरिय क्रिकेट शुरु, उद्घाटन खेलमा वडा नम्बर १ बिजयी

झुम्का । झुम्का जेसिस र जुनियर जेसिसको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा रामधुनीको झुम्कामा वडा स्तरिय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यमा भएको एक औपचारिक कार्यक्रममा बिच मेयरले व्याटिगं गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए भने जुनियर जेसिसका अध्यक्ष आदित्य खड्काले बलिगं गरेका थिए ।

आइतबार रामधुनी ५ झुम्का स्थित पिप्राहा खेल मैदानमा भएको उद्घाटन खेलमा रामधुनी वडा नम्बर ५ लाख ६ विकेटले हराउँदै वडा नम्बर १ बिजयी भएको छ । टस जितेर ब्याटिगं गरेको वडा नम्बर ५ ले ६ विकेट गुमाउँदै १५ ओभरमा ११७ रन बनाएको थियो । ११८ रनको लक्ष्य लिएको वडा नम्बर १ ले ६ विकेटले १३ दशमलव ३ ओभरमै ११८ रनको तार्गेट चुमेपछि अर्को चरणमा प्रवेश गरेको हो ।
आजको बिजेता रामधुनी १ ले ३० गते रामधुनी ४ सँग खेल्ने छ भने पराजित रामधुनी ५ ले भोली नै रामधुनी ४ सँग प्रतिस्पर्धा गर्ने छ ।

उद्घाटन खेलको म्यान अफ द म्याच वडा नम्बर १ का दिपन पोखरेल घोषित भए । म्यान अफ द म्याचको पुरस्कार कमल रौनियारले प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.