एक बर्षभित्रै रामधुनीको एडिवि परियोजनाको पानी आउने

 

रामधुनी ।रामधुनी नगरपालिकाको खानेपानी समस्या समाधान गर्न गौरवको आयोजना मानिएको खानेपानीको प्रोजेक्ट एक बर्षभित्रै सन्चालनमा आउने भएको छ ।
पाइप विच्काउने काम धमाधम भइरहेको र ट्यांक निर्माणको काम ४५ प्रतिशत सम्पन्न भएको झुम्का शहरी खानेपानी तथा सरसफाई कार्यालयले बताएको छ ।
रामधुनी नगरपालिकाको वडा नम्बर १, ५ को सम्पुर्ण क्षेत्र र वडा नम्बर ३ को केहि क्षेत्र समेट्ने गरी निर्माण भइरहेको आयोजनाको लागि ९ लाख लिटर क्षमताको ट्याकट्याक बनिरहेको छ भने एउटा १ लाख २५ हजार र अर्को २ लाख ५० हजार लिटर क्षमताको ट्यांकी संचालनमा छन् ।
अहिले भने अनुरुप मोटरले पानी नफाँक्दा बजार क्षेत्रमा पानीको अभाव सम्बोधन गर्न नसकेको झुम्का खानेपानी तथा सरसफाई उपभोक्ता समितिले यो योजना सम्पन्न भएपछि भने पानीको समस्या नहुने बताएको छ । रामधुनी नगरक्षेत्रका ४१ सय घरधुरी र बार्षिक ९ प्रतिशतका दरले जनघनत्व बढ्ने आँकलन सहित खानेपानी योजनाको काम भइरहेको उपभोक्ता समितिका सचिव प्रेमकुमार खड्का बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.