प्रन्जली सापकोटा ।
रामधुनी । उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुको छाता संगठन हिसान सुनसरीको आयोजनामा शुक्रबार भएको विद्यालय स्तरिय कविता प्रतियोगितामा विश्व आदर्श माध्यमिक विद्यालय इटहरीका छात्र आशिल खनालको कविता प्रथम बनेको छ ।
रामधुनी ५ मा रहेको लर्डबुद्ध इन्टरनेशनल स्कुलको कभर्डहलमा आयोजित कविता प्रतियोगितामा सुनसरीका १७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा द्धितीय स्थान कस्तुरी सेकेन्डरी स्कुल इटहरीकी छात्रा रेचल सुवेदी र तृतीय स्थानमा चामुण्डा भगवती आवासीय माविका छात्र सन्देश खातीले ओगटेका थिए भने सान्त्वनाको स्थान विश्व आदर्श माविकी छात्रा अपेक्षा तिम्सिनाले ल्याएकी थिइन ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई कार्यक्रमका सभापति हिसान इटहरीका संयोजक रामकुमार कालाखेती र प्रमुख अतिथी हिसानका केन्द्रिय सदस्य मुकुन्द घिमिरेले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताका निर्णायक मा साहित्यकार बिवस बलभद्र कोइराला र रोहित पराई रहेका थिए भने कार्यक्रमको सञ्चालन लर्डबुद्ध इन्टरनेशनल स्कुल झुम्काका छात्राद्धय प्रन्जली सापकोटा र नानी खड्काले गरेका थिए ।
प्रतियोगिताको समापनमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी मुकुन्द घिमिरेले हिसानले आयोजना गरेको कार्यक्रमले साहित्य क्षेत्रलाई पुनर्जिवित बनाएको बताएका थिए ।

