इटहरी । महिला उद्यमीहरुले उत्पादन गरेको उत्पादनलाई प्रदर्शनमा ल्याने उदेश्यले उद्योग वाणिज्य संघ इटहरीको महिला उद्यम समितिले यहि भदौ १५ गतेदेखि १७ गतेसम्म मेलाको आयोजना गर्न लागेको छ ।
उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवद्धनमा जोड दिदै सुनसरीको इटहरीमा तीन दिने महिला उद्यमशिलता प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल युवा उद्यमी मञ्च सुनसरी र उद्योग वाणिज्य संघले गर्न लागेको प्रदर्शनीको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रर्दशनी आयोजना गर्न लागिएको प्रर्दशनीकी संयोजक मिना ढकालले जानकारी दिइन । उनले घरेलु ,लघु उद्योगहरुबाट निर्मित दैनिक उपभोग्य वस्तु , कृषिजन्य तथा जडीवुटि ,हस्तकला , सौन्दय कला लगायतका स्टलहरु प्रर्दशनी राखिने समते संयोजक ढकालले पत्रकार सम्मेलनमा वताइन ।
उद्यमशिलता प्रर्दशनीमा कोशी प्रदेशका विभिन्न ठाउँमा उत्पादनहरुका ७५वटा स्टल रहने बताइएको छ । उद्यमशितलामा जोड दिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्ने उद्यमीहरु वढाउन सके रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै आकर्षण गर्न सकिने समेत आयोजकले विश्वास लिएका लिइएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए ।
पत्रकार सम्मेलनमा नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई जनही १५हजारका दरले पुरस्कृत गर्ने घोषणा गरियो । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी महिला उद्यम समितिकी अध्यक्ष सरु केसी इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली , नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष चन्द्र देवकोटा, जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष टेज बहादुर पुरी,होटल ब्यवसायी संघका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्य,उद्योग वाणिज्य संघका महासचिव विनोद पौडेल लगायतको उपस्थिती रहेको थियो ।