आर्थिक कार्यप्रणाली भन्नाले के बुझिन्छ ? सरकारी आर्थीक कार्यप्रणाली माथि प्रष्ट पार्नुहोस्। के कस्ता रकमहरु संघीय संचित कोपमाथि व्ययभार हुन्छ (2+3+5)
आर्थिक कार्यप्रणाली
आर्थिक कार्यप्रणाली भन्नाले आर्थिक कारोबारको व्यवस्थापनसम्बन्धी सिलसिलेवार कार्यप्रकृयालाई बुझिन्छ।
यो कुनैपनि संगठनको आय(व्ययको जानकारीमुलक अभिलेखांकन हो
कुनैपनि संगठनको आय को स्रोत पहिचान गर्ने, सो सम्बन्धी कार्ययोजना बनाउने, आयको यथोचित संकलन गर्ने ,आय र व्ययको वैज्ञानिक प्रक्षेपण गर्ने तथा कानुनसम्मत बाँडफाँड गर्ने, समयबद्ध तरिकाले खर्च गर्ने, खर्चको व्यवस्थित अभिलेख राख्ने, समयमै प्रतिवेदन गर्ने, प्रभावकारी लेखापरीक्षण गर्ने,बेरुजु फर्छ्यौट गर्ने तथा समग्र वित्तीय अनुशासनको पालना गर्ने कार्य नै वास्तवमा आर्थिक कार्य प्रणाली हो।
यो संगठनलाई चलायमान बनाउने एउटा जीवन्त चक्र हो भने वित्तीय अनुशासनको प्रणालीगत आधारशीला पनि हो।
सरकारी आर्थिक कार्य प्रणाली
- सरकारी आर्थिक कार्यप्रणाली भनेको सरकारको आय व्ययको व्यवस्थापनको प्रणालीगत कार्यसंरचना हो
- यो सरकारी कारोबारसँग सम्बन्धित नीतिगत, कानुनी, व्यवस्थापकीय तथा स्रोतसाधनगत आयामको समष्टि रुप हो।
- सरकारी आर्थिक कार्यप्रणालीले जनताको कोषबाट कसरी सरकारी कोषमा रकम जनाउने र सरकारी कोषबाट कसरी जनताको हातमा रकम पुर्याउने भन्ने विषयलाई जनाउदछ।
- कर तथा गैरकरको माध्ययमबाट सरकारी कोषमा रकम जम्मा गर्ने तथा वार्पिक आय र व्ययको प्रक्षेपणमार्फत बजेट को रुपमा आयव्ययको प्रक्षेपण गर्ने तथा विनियोजन ऐनको अधिनमा रही खर्च गर्ने तथा व्यवस्थित लेखा राख्ने सोको स्वतन्त्र तरीकाले लेखापरीक्षण गर्ने नियमित तालुक निकायमा प्रतिवेदन गर्ने तथा बेलैमा बेरुजु फर्छ्यौट गरी समग्र वित्तीय सुशासन कायम गर्ने कुरा सरकारी आर्थिक कार्य प्रणालीमा समेटीन्छन्।
- यो सरकारको जीवित आर्थिक संरचना हो जसरी एउटा जीवित प्राणीको जीवन संचालनमा विभिन्न प्रणाली सक्रिय रहन्छन् त्यसरी नै सरकारको जीवन लाई जीवित राखिराख्न सरकारी आर्थिक प्रणालीका प्रणालीगत अवयवहरु चलायमान र सन्तुलित हुन जरुरी छ।
- नेपालको संविधानको भाग १० मा संघीय आर्थिक कार्य प्रणाली, भाग १६ मा प्रदेश आर्थिक कार्य प्रणाली र भाग १९ मा स्थानीय आर्थिक कार्य प्रणालीको बारेमा व्यवस्था गरिएको छ।

- figure-1 सरकारी लेखा प्रणाली
संघीय संचितकोषमाथि व्ययभार हुने रकमहरुः
- संघीय संचितकोष भन्नाले नेपाल सरकारको सबै प्रकारका राजस्व, कर्जा, अनुदान रकम र अन्य सम्पूर्ण आम्दानी रहने कोष हो।
- नेपालको संविधानको धारा ११८ मा संघिय संचितकोषमाथि व्ययभार हुने रकमहरु सम्बन्धमा व्यवस्था गरिएको छ।
- संवैधानिक रुपमै विशेष जिम्मेवारी बोकेका निकाय तथा पदाधिकारी को पारिश्रमिकको रकम संघिय संचितकोष माथि व्ययभार हुने रकम हुन् ।
- जसले समग्र कार्यकारिणीलाई नै नियमन, संचालन र सचेतीकरण गर्ने हैसियत राख्छन् त्यस्ता निकायलाई दिइने रकम व्ययको लागि संघीय संसदको स्वीकृति आवश्यक पर्दैन जसलाई संघीय संचित कोष माथि व्ययभार हुने रकम भनिन्छ जसमा निम्न प्रकारका रकमहरु पर्दछन्स्
- राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाको रकम,
- नेपालको प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद्का सदस्यलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम,
- प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम,
- संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम
- प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधाको रकम,
- राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद्, संवैधानिक निकाय तथा प्देश प्रमुखको कार्यालयको प्रशासनिक व्यय
- नेपाल सरकारको दायित्वको ऋण सम्बन्धी व्ययभार,
- नेपाल सरकारको विरुद्ध अदालतबाट भएको फैसला वा आदेश अनुसार तिर्नुपर्ने रकम, र
- संघीय कानून बमोजिम संघीय संचितकोष माथि व्ययभार हुने रकम
निष्कर्शः
आर्थिक कार्यप्रणाली सरकारको आर्थिक गतिविधिको मार्गदर्शक विषय भएको हुनाले सालबसाली रुपमा आउने विनियोजन विधेयक तथा संवैधानिक रुपमै व्यवस्था भएको संघीय संचित कोषमाथि व्ययभार हुने रकमहरु लाई अक्षरस पालना गर्नु सरकारको अनिवार्य दायित्व हो । जुन कुरालाई संवैधानिक सुनिश्चितता पनि प्राप्त भएको छ।
(बन्जरा कोष तथा लेखा नियन्त्रण कार्यालय तेह्रथुममा लेखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ)

