प्रकाश बन्जरा ।
युएई । दुवईमा रहेको जि सिडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले विश्व व्यापी महामारीको रुप लिएको कोरोना भन्दा पछि मात्रै ४ हजार ५ सय भन्दा बढीलाई युरोपका देशहरुमा रोजगारीको लागि पठाइसकेको बताएको छ ।
बेष्ट सञ्चारसँगको कुराकानीमा बोल्दै जिसिडीका चियरम्यान रमेश श्रेष्ठले लकडाउन यतामात्रै जिसिडीले ठुलो संख्यामा युरोपियन देशमा रोजगारीको लागि पठाउन सफल भएको बताएका हुन ।
पछिल्लो समयमा युरोपियन देशमा रोजगारीका लागि जान चाहाने नेपालीको संख्यामा वृद्धि भएसँगै ठगिने क्रम पनि बढिरहेका बेला कुनै पनि कम्पनी तथा एजेन्सीको व्याक ग्राउण्ड बुझेर मात्रै शुल्क बुझाउन जिसिडीका अध्यक्ष तथा समाजसेवी श्रेष्ठको सुझाव छ ।
सामान्यतया बैदेशिक रोजगारीमा गइसकेर अनुभव बनाइसकेकाहरुले युरोपियन देशमा जागिर पाउन सक्ने र त्यसमा त्यहाँको कम्पनीसँगको अन्तवार्ता वा छनौट प्रक्रिया सकिसकेपछि प्रोसेस अघि बढ्ने र त्यसपछि मात्रै शुल्क बुझाउन श्रेष्ठको आग्रह थियो ।
बेष्ट सञ्चारको टिमले नेपालीको युरोप सपना र जि सिडी मार्फत कसरी युरोप जान सकिन्छ भनेर जिसिडीका अध्यक्षसँग कुराकानी गरेको छ । सुनौँ उहाँ के भन्नुहुन्छ ।