श्रीमती उपचार हुँदै गर्दा विलाए खोटाङ्ग का चन्द्रशेखर, राधाको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह

इटहरी । श्रीमती राधा तिमल्सिना बन्जाराको ब्रेष्ट क्यान्सरको उपचारको लागि राहत संकलन अभियान चलिरहँदा खोटाङ्ग जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर २  का चन्द्रशेखर तिम्सिनाको मृत्यु भएको छ ।

खोटाङ्ग जिल्लाको दक्षिणी पालिका वराहा पोखरीको सुन्तले निवासी चन्द्रशेखर तिमल्सिना केहि अघिदेखि अनौठो प्रकारको रोगका कारण ग्रसित थिए ।

लामो समयदेखि श्रीमती विरामी हुँदा मानसिक पिडा समेत भोगिरहेका चन्द्र शेखरको मृत्यु अजीव प्रकारको रोगका कारण भएको उनका परिवारका सदस्य फडिराज तिम्सिनाले बताए ।

५० भन्दा बढी परिक्षण गर्दा पनि रोग पत्ता लागेको थिएन अन्त्यमा मेरुदण्डको परिक्षण गर्दा भने ‘मेन्टल भाइरस’ छ भनेर डाक्टरले भनेको फडिराज बताउँछन् । नयाँ प्रकृतिको रोग भएकाले यति चाँडै मृत्यु हुने भने डाक्टरको समेत कल्पना भन्दा बाहिर रहेको परिवारको भनाई छ ।
श्रीमती राधा बन्जाराको ब्रेष्ट क्यान्सरको तेस्रो अप्रेशनको तयारी गरिरहँदा चन्द्रशेखर विलाएका हुन ।

राधा ब्रेष्ट क्यान्सरको उपचारको लागि भक्तपुर स्थित क्यान्सर हस्पिटलमा थिइन । २ पटक सम्म शल्यक्रिया गरेर ट्युमर निकाली सकेपछि राधालाई तेस्रो पटक ट्युमर निकाल्न शल्यक्रियाको तयारी भइरहेको थियो ।

लामो समय श्रीमतीको उपचारमा खर्चेका चन्द्रशेखर पछिल्लो समय श्रीमतीकै कारण मानसिक पीडामा रहेको परिवारिक स्रोत बताउँछ ।
राधाको उपचारको लागि सुन्तले निवासी डिल्लीनारायण श्रेष्ठ, प्रकाश बन्जारा सहयात्री, रमेश दाहाल, कृष्ण बन्जारा,डिल्ली श्रेष्ठ , प्रदेशी ग्रुप सुन्तले कुबेत परिवार, गोबिन्द दाहाल , सुजन बन्जारा, बराहपोखरी गाउँपालिकाकै पुर्व शिक्षक युवराज पौडेल लगायतले राहक संकलन अभियान चलाउँदै आएका थिए ।

राधा बन्जारा तिमल्सिना बचाउ अभियान अन्तर्गत हालसम्म करिव ३ लाख रुपैँया संकलन भएको अभियान्ता रमेश दाहालले जानकारी दिएका छन् ।

२ पटक सम्म आफ्नै खर्चका शल्यक्रिया गराएकी राधाको आफ्नो सम्पत्ति उपचारकै लागि सकि सकेपछि सहयोगको हात थापेकी थिइन । अहिले अभियानमा देश विदेशबाट सहयोग आइरहेको अभियान्ता युवराज पौडेलले बताए । अभियानबाट प्राप्त रकम चन्द्र शेखरको १२ औँ पुण्यतिथीको अवसर पारेर परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको अभियानका रमेश दाहालले जानकारी दिएका छन् ।

भाउजूको अवस्था नाजुक रहेकाले उपचारमा सहयोग गर्न फडिराजले आग्रह गरेका छन् । राधा बचाउ अभियानमा सहयोग गर्न बराहपोखरी गाउँपालिकामा रहेको लक्ष्मी सनराइज बैँकको डिल्लीनारायण श्रेष्ठको नाममा रहेको खाता नम्बर ०९४०५५९३१२२०५००१ म रकम जम्मा गर्न सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.